पथरी शनिश्चरेको सुरक्षामा युवाको सक्रियता

नगरको सुरक्षा समिति गठन, कार्यालयका लागि सहयोग सुरु

पथरी, २६ भदौ / जेन जी समुहको नाममा भएको विध्वंसात्मक गतिविधिबाट आक्रान्त बनेको मोरङको पथरी शनिश्चरेका युवाहरु जुटेर नगरको सुरक्षाका लागि नागरिक सुरक्षा सहयोग समिति गठन गरेका छन् ।

 

भ्रष्टाचार र बेथितीको विरुद्ध भन्दै अघि बढेको आन्दोलनका क्रममा मंगलबार नगरपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालय, करदाता सेवा कार्यालय, वन कार्यालय र जनप्रतिनिधिको घरमा आगजनी भएपछि स्थानीय त्रसित बन्दै आएको अवस्था हो । प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसकेको अवस्थामा बढेको आन्दोलनबाट निम्तिएको असुरक्षालाई दृष्टिगत गर्दै पछिल्लो पटक परिचालित भएको सेनालाई सुरक्षामा सघाउन भक्त राईको संयोजकत्वमा बिहीबार ५७ सदस्यीय समिति गठन भएको छ । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षताको सर्वपक्षीय भेलाले समिति गठन गर्दै विषम परिस्थितिमा हुनसक्ने लुटपाट, डकैतीसहितका अवाञ्छित गतिविधि रोक्ने निगरानी गर्ने उद्धेश्य राखेको छ ।

 

जेन जीसंग आवद्ध तथा स्थानीय युवाहरुले आगजनी र तोडफोडका क्रममा भएका नगर क्षेत्रको फोहोर सरसफाई गर्ने योजना अघि बढाएका छन् । कार्यालयहरुको क्षतिको मुचुल्का उठाएर मात्र सरसफाई गरिने भएपछि बिहीबार गरिने भनिएको सरसफाई कार्य केही मात्रामा गरिएपनि कार्यालयतर्फको भनें अघि बढेन ।

 

जेन जीको आन्दोलनका क्रममा नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयहरु तोडफोड गर्दै भएका सम्पूर्ण फर्निचर र सरसामान पूर्णरुपमा जलाइएको छ । वडा नम्बर २ मा पर्ने नगर प्रमुख मोहनप्रसाद तुम्बापोको घर पनि तोडफोड गरी घरमा भएका सम्पूर्ण सरसामान बाहिर निकालेर जलाइएपछि तुम्बापो परिवार विस्थापित बनेको छ । त्यस्तै, उपप्रमुख देवीमाया काफ्‌लेको वडा नम्बर ६ मा रहेको घर समेत तोडफोड गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य वडा नम्बर १० का युवराज बास्कोटाको घरमा पनि तोडफोड गरी क्षति पुर्याइएको छ । तुम्बापोसहित वडा नम्बर १, २, ४, ८, १० सहितका वडाध्यक्षले समेत पदबाट राजीनामा दिएका छन् ।

बेलबारी नगर प्रमुख दिलेन्द्र राई, कानेपोखरी उपाध्यक्ष भोलाप्रसाद अधिकारी, लेटाङ उपप्रमुख कृष्णकुमारी निरौला, झापाको कमल उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पनि पदबाट राजीनामा गर्नुभएको छ ।

 

यसैबीच, इलाका प्रहरी कार्यालय पथरीका लागि कामना विकास बैंक पथरी शाखाले ७० हजार मूल्य बराबरको एक थान कम्प्युटर प्रदान गरेको छ ।

पथरी बजारको द रोयल आइटी सोलुसनका किरण परियार र अर्का प्राविधिक तुलसी लुनियाले नगरका सरकारी कार्यालयमा आइटी सम्बन्धी काम निःशुल्क रुपमा गरिदिने वचन सार्वजनिक गर्नुभएको छ ।

 

वडा नम्बर १ स्थित मन्दिरलाइन टोल विकास समितिले पनि टोलको भेला बोलाई शान्ति सुरक्षा तथा आन्दोलनबाट भएको फोहोरको सरसफाईका विषयमा बिहीबार साँझ छलफल गरेको छ ।

 

बजार खुल्दै, पूर्ण खुल्न बाँकी
नगरको मुख्य बजार पथरी बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन । संघीय सरकार निर्माणको कुनै खाका बनेर स्थिति सहजतातर्फ उन्मूख नहुन्जेलसम्म शान्तिपूर्णस्थिति नहुने बुझेर सबै पसल तथा व्यवसाय सञ्चालनमा आइसकेको छैन । स्थानीयले अत्यावश्यक सामग्रीका केही पसलहरु मात्र सञ्चालन गरेका छन् । शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द छन् । बेलबारी, उर्लाबारी लगायतका बजारका पसलहरु पनि केही मात्रामा मात्र सञ्चालनमा छन् । पूवपश्चिम मुख्य सडक क्षेत्रमा यातायातका साधनमा केही सिटी सफारी तथा केही मालबाहक साधन मात्र सञ्चालनमा छन् ।

 

सरकारी काम कारबाही चित्तबुझ्‌दो नभएर भ्रष्टाचार र अनियममितता बढेकोमा स्थानीयमा निराशा र असन्तुष्टि छाइरहेको थियो । त्यसैबेला दर्ता नगरी सञ्चालन गर्न नदिने सरकारको निर्णयबाट सामाजिक सञ्जाल बन्द गरिएपछि नवयुवा पुस्तामा आक्रोस बढ्यो । त्यसबाट अघि बढेको आन्दोलनले पालिका, प्रदेश र संघस्तरका सरकारी कार्यालयहरु तोडफोड र आगजनीसम्ममा पुग्यो । विकृतिप्रतिको विद्रोहले राजनीतिक अगुवाहरुलाई सचेत गराउने काम गरेको भएपनि स्थानीयका दैनिक जीवनमा आवश्यक पर्ने तथ्यांकमा समस्या पर्ने तथा भौतिक संरचनाको पुनर्निमाणमा स्थानीयले नै कर खर्चिनु पर्ने अवस्थाबाट स्थानीयमा चिन्ता थपिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले