पथरी शनिश्चरेको सुरक्षामा युवाको सक्रियता

नगरको सुरक्षा समिति गठन, कार्यालयका लागि सहयोग सुरु

पथरी, २६ भदौ / जेन जी समुहको नाममा भएको विध्वंसात्मक गतिविधिबाट आक्रान्त बनेको मोरङको पथरी शनिश्चरेका युवाहरु जुटेर नगरको सुरक्षाका लागि नागरिक सुरक्षा सहयोग समिति गठन गरेका छन् ।

 

भ्रष्टाचार र बेथितीको विरुद्ध भन्दै अघि बढेको आन्दोलनका क्रममा मंगलबार नगरपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, ट्राफिक कार्यालय, करदाता सेवा कार्यालय, वन कार्यालय र जनप्रतिनिधिको घरमा आगजनी भएपछि स्थानीय त्रसित बन्दै आएको अवस्था हो । प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसकेको अवस्थामा बढेको आन्दोलनबाट निम्तिएको असुरक्षालाई दृष्टिगत गर्दै पछिल्लो पटक परिचालित भएको सेनालाई सुरक्षामा सघाउन भक्त राईको संयोजकत्वमा बिहीबार ५७ सदस्यीय समिति गठन भएको छ । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षताको सर्वपक्षीय भेलाले समिति गठन गर्दै विषम परिस्थितिमा हुनसक्ने लुटपाट, डकैतीसहितका अवाञ्छित गतिविधि रोक्ने निगरानी गर्ने उद्धेश्य राखेको छ ।

 

जेन जीसंग आवद्ध तथा स्थानीय युवाहरुले आगजनी र तोडफोडका क्रममा भएका नगर क्षेत्रको फोहोर सरसफाई गर्ने योजना अघि बढाएका छन् । कार्यालयहरुको क्षतिको मुचुल्का उठाएर मात्र सरसफाई गरिने भएपछि बिहीबार गरिने भनिएको सरसफाई कार्य केही मात्रामा गरिएपनि कार्यालयतर्फको भनें अघि बढेन ।

 

जेन जीको आन्दोलनका क्रममा नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयहरु तोडफोड गर्दै भएका सम्पूर्ण फर्निचर र सरसामान पूर्णरुपमा जलाइएको छ । वडा नम्बर २ मा पर्ने नगर प्रमुख मोहनप्रसाद तुम्बापोको घर पनि तोडफोड गरी घरमा भएका सम्पूर्ण सरसामान बाहिर निकालेर जलाइएपछि तुम्बापो परिवार विस्थापित बनेको छ । त्यस्तै, उपप्रमुख देवीमाया काफ्‌लेको वडा नम्बर ६ मा रहेको घर समेत तोडफोड गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य वडा नम्बर १० का युवराज बास्कोटाको घरमा पनि तोडफोड गरी क्षति पुर्याइएको छ । तुम्बापोसहित वडा नम्बर १, २, ४, ८, १० सहितका वडाध्यक्षले समेत पदबाट राजीनामा दिएका छन् ।

बेलबारी नगर प्रमुख दिलेन्द्र राई, कानेपोखरी उपाध्यक्ष भोलाप्रसाद अधिकारी, लेटाङ उपप्रमुख कृष्णकुमारी निरौला, झापाको कमल उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पनि पदबाट राजीनामा गर्नुभएको छ ।

 

यसैबीच, इलाका प्रहरी कार्यालय पथरीका लागि कामना विकास बैंक पथरी शाखाले ७० हजार मूल्य बराबरको एक थान कम्प्युटर प्रदान गरेको छ ।

पथरी बजारको द रोयल आइटी सोलुसनका किरण परियार र अर्का प्राविधिक तुलसी लुनियाले नगरका सरकारी कार्यालयमा आइटी सम्बन्धी काम निःशुल्क रुपमा गरिदिने वचन सार्वजनिक गर्नुभएको छ ।

 

वडा नम्बर १ स्थित मन्दिरलाइन टोल विकास समितिले पनि टोलको भेला बोलाई शान्ति सुरक्षा तथा आन्दोलनबाट भएको फोहोरको सरसफाईका विषयमा बिहीबार साँझ छलफल गरेको छ ।

 

बजार खुल्दै, पूर्ण खुल्न बाँकी
नगरको मुख्य बजार पथरी बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन । संघीय सरकार निर्माणको कुनै खाका बनेर स्थिति सहजतातर्फ उन्मूख नहुन्जेलसम्म शान्तिपूर्णस्थिति नहुने बुझेर सबै पसल तथा व्यवसाय सञ्चालनमा आइसकेको छैन । स्थानीयले अत्यावश्यक सामग्रीका केही पसलहरु मात्र सञ्चालन गरेका छन् । शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द छन् । बेलबारी, उर्लाबारी लगायतका बजारका पसलहरु पनि केही मात्रामा मात्र सञ्चालनमा छन् । पूवपश्चिम मुख्य सडक क्षेत्रमा यातायातका साधनमा केही सिटी सफारी तथा केही मालबाहक साधन मात्र सञ्चालनमा छन् ।

 

सरकारी काम कारबाही चित्तबुझ्‌दो नभएर भ्रष्टाचार र अनियममितता बढेकोमा स्थानीयमा निराशा र असन्तुष्टि छाइरहेको थियो । त्यसैबेला दर्ता नगरी सञ्चालन गर्न नदिने सरकारको निर्णयबाट सामाजिक सञ्जाल बन्द गरिएपछि नवयुवा पुस्तामा आक्रोस बढ्यो । त्यसबाट अघि बढेको आन्दोलनले पालिका, प्रदेश र संघस्तरका सरकारी कार्यालयहरु तोडफोड र आगजनीसम्ममा पुग्यो । विकृतिप्रतिको विद्रोहले राजनीतिक अगुवाहरुलाई सचेत गराउने काम गरेको भएपनि स्थानीयका दैनिक जीवनमा आवश्यक पर्ने तथ्यांकमा समस्या पर्ने तथा भौतिक संरचनाको पुनर्निमाणमा स्थानीयले नै कर खर्चिनु पर्ने अवस्थाबाट स्थानीयमा चिन्ता थपिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही