नागरिक प्रभावित

भारतले गर्यो रानीगञ्ज नाका बन्द

झापा,२७ भदौ । भारतले पुर्वी नेपालसंग जोडिएको पानीटंकीस्थित रानीगञ्ज नाका अनिश्चित कालको लागि शिल गरेको छ । नेपालको पूर्वी नाका काँकरभिट्टासंग जोडिएको सीमा नाकाको आवागमन अवरुद्ध हुँदा दैनिक जीवनदेखि व्यापार व्यवसायसम्म ठप्प भएको छ ।

 

नेपालमा सोमबारदेखि जेनजी पुस्ताको आन्दोलन चर्किएको थियो । आन्दोलन दुई दिन उग्र हुँदा झापासहित देशैभर तहसनहस अवस्था भयो । यसको असर सीमावारीदेखि सिमापारीसम्मका क्षेत्रमा परेको छ । आन्दोलन उग्र बन्दै गएपछि नेपालको मुख्य स्थलमार्ग काँकरभिट्टा–रानीगञ्ज नाका पुर्ण रूपमा बन्द गरिएको छ ।

 

आन्दोलनकारीले पुर्व पश्चिम राजमार्ग (निर्माणधिन एशियन हाइवे) अवरुद्ध गर्दै मेची भन्सार कार्यालयलगायत अधिकांश सरकारी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए । त्यस्तै सीमा नाका तर्फ जाने सवारीसाधन समेत अवरुद्ध गरेपछि प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै आवागमनमा रोक लगाएको जनाएको छ ।

 

भारतले नाका शिल गरेपछि उपचार गर्न जाने नेपालीसंगै सिमावर्ती शहरमा व्यापार व्यवसाय, अध्ययन र रोजगारीका लागि जानेहरूलाई समस्या भएको बताउँछन् ।

 

यो नाका दैनिक रूपमा उपचारका लागि भारत जाने बिरामीहरूको प्रमुख मार्ग मानिन्छ । सीमा बन्द भएपछि बिरामी बोकेर भारत जानेहरू सास्ती खेपिरहेका छन् भने, भारतमा अध्ययन गर्ने विद्यार्थीहरू समेत नियमित कक्षा छोड्न बाध्य भएका छन् ।

 

नाका शिल भएसंगै भारततर्फबाट आयात हुने तरकारी, नुन, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीजस्ता वस्तुको आपूर्ति रोकिँदा बजारमा अभाव देखिने अवस्था छ । त्यस्तै नेपाली उत्पादन निर्यातमा समेत समस्या सृर्जना भएको व्यवसायीहरू बताउँछन् ।

 

अहिलेको विशम् परिस्थितिमा बिशेषगरी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सीमा क्षेत्रमा बाक्लो रूपमा खटाइएको छ । त्यस्तै आवश्यकता अनुसार नेपाली सेना समेत फिल्डमा उत्रिएको छ । नेपाल प्रहरीका अनुसार नाकाबाट आपत्कालीन बाहेक आवागमन बन्द भएको छ ।

 

यता भारतको सुरक्षा निकायले सिमा संवेदनशीलतालाई हेरेर पश्चिम भारतसंग सिमा जोडिएका नेपाली नाकाहरू बन्द गरिएको जनाएको छ । नेपालको वर्तमान अवस्था साम्य नहुनजेल पश्चिम बंगालस्थित पानीटंकी रानीगञ्ज नाका शिल गरिएको भारतको पश्चिम बंगालको सिमा सम्बन्धि प्रहरी अधिकारी एडीआईजी अजय नन्दले बताएका छन् ।

 

नाका बन्द हुँदा सीमावर्ती बस्तीमा बस्ने सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक रूपमा काम, किनमेल वा उपचारका लागि सीमा पार गर्नेहरू अहिले ठप्प भएका छन् । नाका बन्द गरि प्रशासनले सुरक्षालाई कडाइ गरे पनि नागरिकलाई ठूलो असुविधा परेको छ आन्दोलन उग्र बन्दै गएपछि मंगलबार बिहानैदेखि आन्दोलनकारीले सडक अबरुद्ध गर्दै रानीगञ्ज हुँदै जाने सवारीसाधन रोके । प्रशासनले अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै आवतजावतमा पूर्ण रोक लगाएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले