सुनसरी,२७ भदौ । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको प्रहरीले जनाएको छ।
भाटभटेनीको माथिल्लो तलामा एक जनाको शब फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गर्नु भएको छ ।
शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।
धरानमा रहेको भाटभेटिमा रहेको शव जलेको अवस्थामा कंकाल मात्रै रहेको छ । शवको पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
स्टोरमा लुटपाट भएको बेला धेरै जनाभित्र छिरेको र त्यहिबेला आगलागी गरिएकोले शव आन्दोलनकारीकै हुनसक्ने स्थानीयको अनुमान छ ।










