नेपाल र भारततर्फ करिब ९ सय भन्दा बढी मालवाहक ट्रकहरु रोकिए

विराटनगर,२७ भदौ । जेनजी आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयमा २४ गतेदेखि मालसामानको आवागमन ठप्प हुँदा करिब नेपाल र भारततर्फ ९ सय भन्दा बढी मालवाहक ट्रकहरु रोकिएको छ ।

यसैबीच, बजारमा अत्यावश्यक वस्तुको माग बढेको र केही नासिने वस्तु बिग्रन थालेपछि भन्सार कार्यालयले शुक्रबार देखि अत्यावश्यक तथा नासिने वस्तुको जाँचपास सुरु गरेको हो।

 

भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले विशेषगरी पेट्रोलियम पदार्थ (एलपी ग्यास) र तरकारी, फलफूलजस्ता नासिने वस्तुहरुको जाँचपास सुरु गरिएको जानकारी दिनु भयो । लामो समयदेखि भन्सारमा रोकिएका कारण केही नासिने वस्तुहरु बिग्रन थालेको भन्दै व्यवसायीहरुले गुनासो गरेपछि यो निर्णय लिइएको हो। भन्सारमा निकासीका लागि ल्याइएको एक ट्रक बन्दा बिग्रिएको उहाँले बताउनु भयो ।

 

भन्सार कार्यालयले काम सुचारु गर्न तयारी अवस्थामा रहेको बताए पनि व्यवसायीहरुले आफ्ना मालवस्तु सुरक्षित रुपमा गन्तव्यमा पुग्ने सुनिश्चित नभएको भन्दै डिक्यलेर गर्न आनाकानी गरिरहेका छन्। भन्सार प्रमुख श्रेष्ठका अनुसार व्यवसायीले मालवस्तु डिक्यलेर (घोषणा) नगरेसम्म भन्सार प्रक्रिया अगाडि बढाउन सकिँदैन। यसले गर्दा भन्सार प्रशासन तयार भए पनि पूर्ण रुपमा काम अगाडि बढ्न सकेको छैन।

 

आन्दोलनका क्रममा भन्सार कार्यालयमा सामान्य क्षति भएको उहाँले जानकारी दिनु भएको छ । उहाँका अनुसार, भन्सारको गेटमा आगजनी भएको थियो भने बैंकमा लुटपाट भएको छ। यद्यपि, बैंकबाट पैसा भने लुटिएको छैन। समग्रमा भएको क्षति सामान्य रहेकाले भन्सारको काममा कुनै अवरोध नहुने बताइएको छ।

 

विराटनगर भन्सार कार्यालयको नेपाली भूभागमा करिब ४०० मालवाहक ट्रकहरु लाइनमा रहेका छन्। सोही घटना भएको दिन भारतबाट जाँचपासका लागि तयार भएका १५० भन्दा बढी गाडी अझै भारतमै रोकिएका छन्। यसबाहेक, भारतीय भूभागमा पनि त्यत्तिकै संख्यामा वा त्योभन्दा बढी गाडीहरु रोकिएका हुनसक्ने उहाँको अनुमान छ । भारततर्फ रोकिएका गाडीहरुलाई बाटोमै राख्न भनिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले