टोलटोलमा शान्ती सुरक्षा गर्ने समूह निर्माण गर्न दमक मेयर थापाको अपिल

दमक २७ भदौ । दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले नगरवासीलाई शान्ति र सुव्यवस्था कायम गर्न विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

 

वर्तमान परिस्थितिमा अन्योल र अनिश्चितताको लाभ उठाउँदै अवाञ्छित गतिविधि बढ्न सक्ने सम्भावनाबारे सचेत रहँदै नगर प्रमुख थापाले टोल टोलमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सबैलाई सचेत गराउनुभएको हो।

 

उहाँले विशेषगरी टोल अध्यक्षहरूलाई संगठनात्मक रूपमा टोलवासीलाई संगठित गरी जिउधनको सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्नुभएको छ। साथै, जबसम्म वर्तमान अनिश्चितताको वैधानिक अन्त्य नहुने हो, तबसम्म उच्च सतर्कताका साथ टोलस्तरमा सहयोग गर्नुपर्नेमा नगर प्रमुखले जोड दिनुभएको छ।

 

सन्देशमार्फत उहाँले नगरभित्रका सामाजिक संघसंस्था, मानवअधिकारवादी संगठन तथा नागरिक समाजलाई पनि आपसी सहकार्य र समन्वयमार्फत नगरमा शान्ति, सुव्यवस्था र कानुनी राज्यको प्रत्याभूति दिलाउन अनुरोध गर्नुभएको छ।

नगर प्रमुख थापाद्वारा जारी गरिएको यो सन्देशलाई नगरवासीहरूले परिस्थितिअनुकूल अपनाउनुपर्ने महत्वपूर्ण निर्देशनका रूपमा लिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले