दमक, २८ भदौ । दमकबाट एउटा ट्याक्टर हराएको छ । इलाम चुलाचुली ५ शिखर कटेरीबाट सर्भीसिङकालागी दमक ल्याइएको को २ त ३८४८ नम्बरको ट्याक्टर हराएको हो ।
सर्भीसिङ सकेर क्याम्पसमोडमा एक छिन राखीएको र फेरी स्टार्ट गर्दा चालु नभएपछि मिस्त्रीलाई बोलाएर सञ्चालन गरिएको थियो । त्यसपछि ट्याक्टर धनी कमल प्रसाद भण्डारीले बोलाइएका मिस्त्रीलार्य ग्यारेजमा पठाएर आउने र चालकलाई जादै गर्न आग्रह गरिएको थियो । तर सो ट्याक्टर र चालक त्यस यता सम्पर्क बिहिन भएको छ ।
क्याम्पसमोडबाट उत्तरको बाटो जादै गर्न भनेको ५ मिनेट पछि मोटरसाईलमा आउँदा ट्याक्टर र चालक सम्पर्क बिहिन भएको ट्याक्टर चालकका धनी भण्डारीले जानकारी दिनुभएको छ ।
अहिले प्रहरीमा निवेदन गर्न जाने समेत ठाउँ नभएपछि आफ्नो हराएको साधन खोजी गर्न अप्ठ्यारो परेको समेत उहाँले सुनाउनु भयो ।
जोन डियर कम्पनीको टअगाडी पहेलो रङ्गले पोतीएको ट्याक्टर चालक लक्षुमन दर्जीले चलाइरहेकोले सो ट्याक्टर र चालकलाई कहि भेट्नु भएमा ९८५२६७६५७६ सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक भण्डारीले अपील गर्नु भएको छ ।









