दैनिक जनजीवन सामान्य

झापामा हट्यो कर्फ्यु

लुटपाट, आगजनी वा आपराधिक गतिविधि हुने सम्भावनालाई ध्यानमा राख्दै आवश्यकताअनुसार तुरुन्त कदम चालिने चेतावनी

झापामा हट्यो कर्फ्यु

झापा, २८ भदौ | झापा जिल्लामा लगाइएको कर्फ्यु आजदेखि हटाइएको छ ।

भदौ २३ र २४ गते Gen Z नेतृत्वको आन्दोलनका कारण शान्ति सुरक्षा प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यु आदेश जारी गरेको थियो ।

आज प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थिति सामान्यतर्फ फर्किएको निष्कर्ष निकाल्दै  कर्फ्यु हटाउने निर्णय गरेको हो ।

आजको बैठकमा जिल्ला प्रहरी प्रमुख राजन लिम्बु, सशस्त्र प्रहरी नायब उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक अमोघ पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

बैठकले सुरक्षाकर्मीलाई निरन्तर सतर्क रहि समन्वय र सूचना आदानप्रदान गर्दै शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

प्रशासनले आकस्मिक रूपमा लुटपाट, आगजनी वा आपराधिक गतिविधि हुने सम्भावनालाई ध्यानमा राख्दै आवश्यकताअनुसार तुरुन्त कदम चालिने चेतावनी समेत दिएको छ ।

कर्फ्यु हटेसँगै झापामा दैनिक जनजीवन सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका