दैनिक जनजीवन सामान्य

झापामा हट्यो कर्फ्यु

लुटपाट, आगजनी वा आपराधिक गतिविधि हुने सम्भावनालाई ध्यानमा राख्दै आवश्यकताअनुसार तुरुन्त कदम चालिने चेतावनी

झापामा हट्यो कर्फ्यु

झापा, २८ भदौ | झापा जिल्लामा लगाइएको कर्फ्यु आजदेखि हटाइएको छ ।

भदौ २३ र २४ गते Gen Z नेतृत्वको आन्दोलनका कारण शान्ति सुरक्षा प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यु आदेश जारी गरेको थियो ।

आज प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थिति सामान्यतर्फ फर्किएको निष्कर्ष निकाल्दै  कर्फ्यु हटाउने निर्णय गरेको हो ।

आजको बैठकमा जिल्ला प्रहरी प्रमुख राजन लिम्बु, सशस्त्र प्रहरी नायब उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक अमोघ पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

बैठकले सुरक्षाकर्मीलाई निरन्तर सतर्क रहि समन्वय र सूचना आदानप्रदान गर्दै शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

प्रशासनले आकस्मिक रूपमा लुटपाट, आगजनी वा आपराधिक गतिविधि हुने सम्भावनालाई ध्यानमा राख्दै आवश्यकताअनुसार तुरुन्त कदम चालिने चेतावनी समेत दिएको छ ।

कर्फ्यु हटेसँगै झापामा दैनिक जनजीवन सामान्यतर्फ फर्किने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले