दमकका जेन जी भन्छन्

‘अन्तरीम सरकार बन्यो , अपराधीक कृयाकलापमा सहभागी हुनेहरुलाई अव कार्वाहि होस ।’

अव यो मुद्धा राजनैतिक बन्ला वा के होला ? सबैको मनमा यही कुरा खेलीरहेको छ

दमक, २८ भदौ | भदौ २३ र २४ गते देशनै ध्वस्त हुने गरी जेन नी समुहको प्रदर्शन भयो । यो प्रदर्शन भ्रष्टचार रोक्न र देशलाई सहि दिशामा ल्याउन भनेर गरीएको थियो । दुई दिन चलेको यो आन्दोलनमा प्रदर्शनकारी र राज्य दुवैको तर्फबाट ५० हाराहारीमा मृत्यू भइसकेको विवरण सार्वजनिक भइरहेको छ । खर्वौको भौतीक क्षती भएको छ । अभिलेखहरु नगन्य ढंगबाट क्षती भए । यसको असर र प्रभाव कहिले सम्म पर्छ ।

 

 

यसले भविष्यमा यो कुन रुपमा चिनिन्छ भन्ने कुरा त्यो अर्को पाटो हो । यद्यपी जेन जी हरु भनीरहेका छन् , हाम्रो उद्धेस्य देशलाई सखाप पार्ने थीएन । केहि तोडफोड गर्ने थीएन । तर पहिलो दिन राज्यले गोली चलायो । त्यहि दिन १९ जनाको हत्या भयो । त्यसको प्रतिकारमा यूवाहरु जोशीए र जेन जी बाहेककाहरु पनि प्रदर्शनमा सहभागी भएपछि यसले बिधंशको रुप लियो ।

 

अव यो मुद्धा राजनैतिक बन्ला वा के होला ? सबैको मनमा यही कुरा खेलीरहेको छ । तर जेन जी दमक टिमका सकृय सदस्यहरु भने सार्वजनिक तथा भौतीक सम्पत्तीमा क्षती गर्नेहरुलाई अव बनेको अन्तरीम सरकारले कार्वाहि गर्नुपर्ने बताउँछन् । जेन जी दमकका सकृय सदस्य सुभम सिग्देलले दमक सहित देशभरीनै व्यक्तिगत तथा सार्वजनिक सम्पत्ती तोडफोड, लुटपाट तथा अगजनी गर्नेहरुलाई राज्यले कानुन अनुसार कार्वाहि गरोस भन्ने माग राख्नु हुन्छ ।

 

 

यस्तै अर्का सदस्य पर्वत बस्नेतका अनुसार जेन जीको आन्दोलनमा अन्य राजनैतिक दलका कार्यकर्ताहरु पसेर भीडलाई अनियन्त्रीत पार्ने र आक्रामक बनाउने काम भएको बताउनु हुन्छ । यसरी उद्धेस्य बेगर निश्चित समुहको स्वार्थ पुरा गर्न जेन जीको आन्दोलनलाई प्रयोग गरीएको बताउँदै बस्नेत भन्नु हुन्छ जेन जी समुह नेतृत्व र अभिभावक बिहिन थियो । अव शुशीला कार्की प्रधानमन्त्री हुनुभएपछि अभिभावक प्राप्त भएको र देशले न्याय पाउने समेत अपेक्षा राख्नु हुन्छ ।

 

 

जेनजी आन्दोलनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गर्नु भएको छ । साथै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरिसक्नु भएको छ । जेन–जी आन्दोलनमा यो रिपोर्ट तयार पार्दा सम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन्। । खर्वौ मुल्य बराबरको भौतीक संरचना क्षती भएको विवरण पनि प्राप्त भएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले