सवारी साधनको आज देखि आवागमन सुरू

स्थानीय प्रशासनसँगको समन्वयमा लामो तथा छोटो दूरीका सवारी साधन चलाउन अनुमति

काठमाडौं,२८ भदौ । मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधनको शनिबार देखि आवागमन सुरू भएको छ। कफ्र्यू र निषेधाज्ञा हटेसँगै शुक्रबार फाट्टफुट्ट मात्र चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन् ।

 

सार्वजनिक बससँगै ट्याक्सी लगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्। हिजो नै स्व इच्छाले काठमाडौंबाट अन्य जिल्लामा बसहरू गएका थिए। संघीय सरकारसँग कुनै समन्वय भइ नसके पनि स्थानीय प्रशासनसँगको समन्वयमा लामो तथा छोटो दूरीका सवारी साधन चलाउन अनुमति दिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनु भयो ।

 

सिटौलाका अनुसार जेनजी आन्दोलनले रोकिएको लामो तथा छोटो दुरीको सवारीसाधन शनिबार देखि चल्न थालेका छन्। शनिबार बिहान गोँगबु बसपार्कबाट बाहिरी जिल्लाका लागि बसहरू छुटेका छन्। जनजीवन सहज हुँदै गएपछि पसलहरू खुल्न थालेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका