शुशीला कार्की प्रधानमन्त्री हुनभयो, के अव लोकतन्त्र खतरामा पर्छ र ?

दमक, २८ भदौ। नेपालमा राजनीतिक घटनाक्रम तीव्र गतिमा अगाडि बढिरहेको छ। पूर्व प्रधानन्यायाधीश शुशीला कार्की अन्तरिम प्रधानमन्त्री भएपछि पहिलो निर्णयकै रूपमा संसद विघटन गरिएको छ। नयाँ प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने निर्णय गरिएको छ ।

 

तर, यसबीचमा लोकतन्त्र खतरामा पर्न सक्ने आशंका प्रकट भएको छ। संविधानको धारा ७६ (५) र धारा ८५ ले संसद विघटन र नयाँ चुनावको व्यवस्था खुला गरेको भए पनि संविधान संशोधनका लागि भने धारा २७४ अनुसार संसदमा उपस्थित सदस्यको दुई–तिहाई बहुमत आवश्यक हुन्छ। अहिले संसद नै विघटित भएकाले, तत्काल संवैधानिक संशोधन प्रक्रियागत रूपमा अघि बढ्न नसक्ने प्रावधान देखिन्छ ।

 

युवा पुस्ताले, विशेषगरी जेन जि आन्दोलनले उठाएको माग — पारदर्शिता, जवाफदेहिता, र नयाँ राजनीतिक अभ्यास — तत्काल पूरा हुने देखिँदैन। कानुनी दृष्टिले भने, अन्तरिम सरकारले संविधान संशोधन गर्ने अधिकार नभएर केवल चुनाव गराउने जिम्मेवारी मात्रै हुने व्यवस्था संविधानमै उल्लेख छ।

यसैले, आन्दोलनबाट आएको परिवर्तन दीर्घकालीन संस्थागत रूप लिन अझै चुनौतीपूर्ण छ। अब आगामी चुनावले मात्र नेपालको लोकतन्त्र कुन बाटो लिन्छ भन्ने स्पष्ट गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले