कफर्यु हटेपछि के भन्छन् व्यवसायी ?

दमक, २८ भदौ । झापामा शनिबार देखि कफर्यु हटाइएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा समितिको बैठक बसी कफर्यु हटाउने निर्णय गरेको हो ।

 

भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भए पश्चात् जिल्लामा शान्ति र सुव्यवस्था कायम राखी जनजीवन सामान्य बनाउने सन्दर्भमा जिल्लाभर लागू हुने गरी कफर्यु आदेश जारी गरिएकोमा स्थिति सामान्य हुँदै गएकाले अर्को सूचना जारी नभएसम्मको लागि आज देखि उक्त कफर्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कफर्यु हटेसगै बजारमा चहल–पहल सुरु भएको छ । कफ्र्यू र निषेधाज्ञा हटेसँगै शुक्रबार फाट्टफुट्ट मात्र चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन् । सार्वजनिक बससँगै ट्याक्सी लगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्। व्यापार व्यवसायका पसलहरु पनि खुल्न थालेका छन् ।

चार्डपर्वको मुखमा भएको प्रदर्शनले व्यापार चौपट हुने चिन्तामा व्यापारी थियो । तर अहिले सरकारले सबैखालका कर्फयू हटाएपछि राहत मिलेको प्रतिकृया दिएका छन् ।

दमकका व्यवसायी पशुपति अधिकारी भन्नु हुन्छ ‘आन्दोलन र प्रदर्शन लामै समय जान्छ जस्तो लागेको थियो । राज्यले घोषणा गरेको कर्फयू र निशेधाज्ञा पनि लम्बीन्छ कि भन्ने डर थियो । तर अहिले खुल्यो र पसल पनि खोल्यौ । अव दशैको व्यापार गर्न पाइने भइयो । अधिकारीले बताउनु भयो ।

यस्तै अर्का व्यवसायी देवेन्द्र बराल जेन जी आन्दोलनले जे चाहेको छ त्यो उपलब्धी मिलेको र अव यसलाई सस्थागत पार्न सबै लाग्नु पर्ने बताउनु हुदै देशले नया मोड लिने प्राप्त उपलब्धीको रक्षा होस भन्ने सुझाव पनि दिनु हुन्छ ।

भदौ २३ र २४ गते दुई दिन सम्म चलेको प्रदर्शनले देशनै अस्त व्यस्त बनेको थियो । नयाँ अन्तरीम सरकार बनेसगै अहिले बिस्तारै सबै क्षेत्रमा चलायमान सुरु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका