रौतहट,२८ भदौ । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीय अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएकी छन्।
लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी साह अचानक खोलामा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेको बताएका छन्। हालसम्म साहको अवस्था पत्ता लाग्न नसकेको र नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिनु भएको छ ।
जितिया पर्वको अवसरमा व्रतालु महिलाहरूले नहायखायका क्रममा नदी तथा तलाउमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ।









