दमक, २८ भदौ | झापा जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न बिर्तामोड, दमक र भद्रपुरका केही क्षेत्रमा आज साँझदेखि निषेधाज्ञा लागू गरेको छ।
आज साँझ ६ बजेदेखि सुरु हुने यो निषेधाज्ञा भोलि बिहान ४ बजेसम्म लागू रहने छ।
यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिले भेला, जुलुस, सभा वा जुलुससमेत गर्न निषेध गरिएको छ।
निषेध क्षेत्र अन्तर्गत बिर्तामोड नगरपालिका, दमक नगरपालिका र भद्रपुर नगरपालिकाको पूर्वमा चन्द्रगढी एयरपोर्टदेखि पश्चिममा लेखनाथ चोकसम्म, उत्तरमा धुम्माबाटारदेखि दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकसम्म को क्षेत्र तोकिएको जिल्ला प्रशासनले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।
अत्यावश्यक सेवा र लामो दुरिका सवारीसाधन आवागमनमा भने यो निषेधाज्ञाले कुनै बाधा नपर्ने स्पष्ट पारेको छ।










