भिडियो रिपोर्ट

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त दमक नगरपालिका भवनको अवस्था कस्तो छ ?

तत्कालै नगरपालिका सञ्चालन गरिहाल्न सक्ने अवस्था छैन

 

दमक, २९ भदौ । गत भदौ २३ र २४ गते जेन जी समुहको निशानामा परेको दमक नगरपालिकाको भवन शनिबार औपचारीक रुपमा खुल्ला गरियो । दुई दिनको आक्रमणबाट क्षत विक्षत भएको नगरपालिकाको भवन कहाँ कस्तो कस्तो अवस्था छ भनेर निरिक्षण गर्न खोलीएको हो ।

 

नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले सबै जनप्रतिनिधी तथा अन्य सामाजीक अगुवाहरुको उपस्थितमा नगरपालिकाको मुल गेटमा लगाइएको ताल्चा खोल्नु भएको हो ।

 

भीत्र पसेर हेर्दा भवनको भुई तलाका अधिकांश शाखाहरु जलेर खरानी भएका छन । पहिलो तलामा रहेको प्रमुख प्रशाषकीय अधिकृतको कोठा पूर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै अन्य शाखाहरुमा सामान्य क्षती भएको छ । दोस्रो तलामा नगर प्रमुखको कार्यकक्ष पूर्ण रुपमा जलेर खरानी भएको छ भने सोहि तलामा रहेका अन्य शाखा, कार्यालय, उप प्रमुखको कार्यकक्षमा निकै कम क्षती भएको छ ।

 

यस बाहेक अन्य नगरसभाहलको आदा भागमा क्षती पुगेको । शिक्षा शाखा रहेको भवनको तल्लो तला पूर्ण रुपमा जलेको छ । सार्वजनिक सम्पत्तीमा यसखालको आक्रमणलाई मावन अधिकारवादी सस्थाहरुले निन्दा गरेका छन् । मानव अधिकार अनुगमनका कोशी संयोजक जय श्रेष्ठले यस खालको घटना अमानवीय र अपराधीक सोच भएकाहरुले गरेको भन्दै निन्दा गर्नु भएको छ ।

यस्तै नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले सार्वजिनक सम्पत्तीमा गरिएको तोडफाडबाट गरिएको परिवर्तनको अपेक्षा पुरा नहुने बताउँदै घटनाको निन्दा गर्नु भयो । आम सर्वसाधारणका साना भन्दा साना काम हुने सरकारी अड्डामा आगजानी र तोडफोड गरिनु गैरनागीक कर्म रहेको भन्दै उहाँले टिप्पणी गर्नु भयो ।

 

निरक्षणपछि बोल्दै नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले दमकमा सार्वजनिक र निजी सम्पत्तीमा भएको तोडफोड र आगमजानीजन्य घटनाको निन्दा गर्नु भयो । आफ्‌नो समेत घरमा हमला भएको बताउँदै व्यक्ति र निकाय ताक्दै र त्यसमा क्षती पुर्याएर ल्याउन खोजीएको परिवर्तन कस्तो हुन्छ भन्दै प्रश्न गर्नु भयो । निकै भावुक मुद्रामा उहाँले भन्नु भयो अन्तरीम सरकार बनेको छ । सयाद यो सरकारले घटनाको बारेमा गहिरो अनुसन्धान गर्ने छ र सबैलाई न्याय दिने छ ।

नगर प्रमुख राम कुमार थापाको समेत घरमा आगजानी र तोडफोड भएको थियो । आफै बिक्षीप्त रहनु भएका नगर प्रमुख थापा भन्नु हुन्छ तत्कालै नगरपालिका सञ्चालन गरिहाल्न सक्ने अवस्था छैन । जिल्ला प्रशाषन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित १५ वटा पालिकाकाकै जनप्रतिनिधीहरुसग छलफल छ । त्यसपछि के गर्ने र कसरी गर्ने भन्ने निचोड निस्कने अपक्षा गरिएके छ ।त्यसपछि मात्रै दमक नगरपालिका कहिले र कसरी खुल्ने भन्नेबारेमा भन्न सकिने नगर प्रमुख थापाले प्रतिकृया दिनुभयो ।

जलेको नगरपालिकाको निरिक्षण गर्न मानव अधिकारवादी, सञ्चारकर्मी, सामाजीक अगुवा, बिभिन्न राजनैतिक दलका प्रतिनिधी तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले