नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने अठोट

‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार गर्ने नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

काठमाण्डौ,२९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने आफ्नो अठोट रहेको बताउनुभएको छ ।

 

सिंहदरबारमा आइतबार पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा धेरै नबस्ने भन्दै त्यही बीचमा आउने नयाँ संसद्लाई कार्यभार सुम्पिने बताउनुभएको छ । सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भन्दै उहाँले चुनाव सम्पन्न गर्न सहयोगको अपील पनि गर्नुभयो ।

 

प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी चौकी लगायतका अत्यावश्यक र महत्त्वपूर्ण ठाउँमा किन आगो लगाइयो भन्दै यसबाट लाज पनि लागेको बताउनुभयो । यस्तो आगजनी गर्नेलाई नेपाली कसरी भन्ने भन्दै उहाँले ’जेन–जी’ को आन्दोलनमा घुसपैठ भएको हुन सक्ने उल्लेख गर्नु भएको छ ।

 

’जेन–जी’ आन्दोलनमा षड्यन्त्र भएको शङ्का गर्दै उहाँले अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने बताउनुभयो । आफू रहरले नभई सडकबाट उठेको आवाज नकार्न नसकेर बाध्य भई जिम्मेवारी लिएको कार्कीको भनाइ छ ।

 

कार्कीले भन्नुभयो, ‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूमाथि नै प्रहार भयो, प्रहरी चौकीहरू जले । अदालतका फाइलहरू नष्ट भए । सिंहदरबारभित्रका पनि कैयौं फाइलहरू नष्ट भए । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

 

’जेन–जी’ आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरूमा आगजानी समेत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले