नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने अठोट

‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार गर्ने नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

काठमाण्डौ,२९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने आफ्नो अठोट रहेको बताउनुभएको छ ।

 

सिंहदरबारमा आइतबार पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा धेरै नबस्ने भन्दै त्यही बीचमा आउने नयाँ संसद्लाई कार्यभार सुम्पिने बताउनुभएको छ । सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भन्दै उहाँले चुनाव सम्पन्न गर्न सहयोगको अपील पनि गर्नुभयो ।

 

प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी चौकी लगायतका अत्यावश्यक र महत्त्वपूर्ण ठाउँमा किन आगो लगाइयो भन्दै यसबाट लाज पनि लागेको बताउनुभयो । यस्तो आगजनी गर्नेलाई नेपाली कसरी भन्ने भन्दै उहाँले ’जेन–जी’ को आन्दोलनमा घुसपैठ भएको हुन सक्ने उल्लेख गर्नु भएको छ ।

 

’जेन–जी’ आन्दोलनमा षड्यन्त्र भएको शङ्का गर्दै उहाँले अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने बताउनुभयो । आफू रहरले नभई सडकबाट उठेको आवाज नकार्न नसकेर बाध्य भई जिम्मेवारी लिएको कार्कीको भनाइ छ ।

 

कार्कीले भन्नुभयो, ‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूमाथि नै प्रहार भयो, प्रहरी चौकीहरू जले । अदालतका फाइलहरू नष्ट भए । सिंहदरबारभित्रका पनि कैयौं फाइलहरू नष्ट भए । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

 

’जेन–जी’ आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरूमा आगजानी समेत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका

मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री