आयात निर्यातको काम सूचारु हुने

मेची उद्योग बाणिज्य संघको पहलमा भोलिदेखि भन्सार खुल्ने

व्यवसायी नेताहरुले बाणिज्य संघको पहलमा भन्सार कार्यालयलाई आवश्यक कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतका भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबरदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको छ ।

काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ ।

 

आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट आयात निर्यातको काम सूचारु हुने भएको हो ।

 

जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले मेची भन्सार कार्यालय तोडफोड, आगजनी र गोदाममा राखिएको सामान लुटेर लगेका थिए ।

 

भन्सार कार्यालयबाट अहिलेसम्म कुनै सामान जाँचपास गरेर आयात निर्यात भएको थिएन ।

 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको नेतृत्वमा गएको टोलीले भन्सार प्रमुख हरिहर पौडेललाई भेटेर भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।

 

भन्सार प्रमुख पौडेलले आगजनीका कारण विद्युतीय उपकरण, फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि सूचारु गर्न गार्‍हो रहेको बताएका थिए ।

 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महासचिव दिनेश शाक्य, संस्थापक अध्यक्ष पन्नलाल जैन, पूर्व अध्यक्ष केशवराज पाण्डे, पूर्व वरिष्ठ उपाध्यक्ष मोहन निरौला, कार्यकारी प्रमुख गोपाल वस्नेत, कार्यसमितिका सदस्य सन्तोष खवास लगायत, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, उपाध्यक्ष नारायण चिमरिया, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य लगायत व्यवसायीहरुले भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।

व्यवसायी नेताहरुले बाणिज्य संघको पहलमा भन्सार कार्यालयलाई आवश्यक कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतका भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबरदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको छ ।

 

बाणिज्य संघले अहिले भर्खरै एक विज्ञप्ति निकालेर सबै उद्योगी, व्यवसायी सुरक्षाकर्मीहरुलाई चाँडबाडहरु नजिकिएसँगै पहिलाको झै लयमा फर्किएर आफ्नो व्यवसाय सूचारु गर्न आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही