लुटिएका सामान फिर्ता गर्न अख्तियारको आग्रह

काठमाण्डौ,३० भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न सबैमा आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न सबैलाई भनेको हो ।

 

अख्तियारका अनुसार यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको छ । यस क्रममा चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरू चोरी भएको आयोगले बताएको छ ।

 

कसैले सामान फेला पारेमा काठमाण्डौको हकमा प्रहरी वृत्त मालिगाउँ र अरू ठाउँको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका

मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री

राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

काठमान्डौं, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ वटा अध्यादेश जारी गर्नु भएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को

१८ विश्वविद्यालयको सिनेटबाट सङ्गठनहरू आउट!

काठमाडौँ,२१ वैशाख । मुलुकका १८ वटै विश्वविद्यालयमा अब एउटा नयाँ युगको सुरुवात भएको छ, तर यो परिवर्तनले विवादको ठूलो आँधी पनि निम्त्याएको छ। सरकारले ल्याएको