जेनजी प्रदर्शन

त्रिवि शिक्षण अस्पतालमा २८ जनाको शव परीक्षण

शव चिन्न नसक्ने अवस्थामा भने डिएनए परीक्षण , दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने

काठमाडौं, ३० भदौ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको अस्पतालले जनाएको छ।

 

अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ। हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिनु भयो। उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छनभने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने जानकारी दिनु भयो।

 

डा. चौधरीले भन्नु भयो,शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ।’

 

यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुग्नु भएको छ । अस्पतालमा हाल २२ जना उपचाररत रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा सडक अतिक्रमण हटाउने अभियान तीव्र

बुटवल,२३ वैशाख । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। नगरपालिकाले बुधबार फुटपाथ खाली गराउन डोजर प्रयोग गरेको जनाएको छ। गौतम

बुढीगंगा नगरपालिकाले पायो नयाँ प्रशासकीय अधिकृत

बाजुरा,२३ वैशाख । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा १७.७ प्रतिशतको गिरावट

काठमाडौं,२३ वैशाख । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सजल खड्का एनएमबि लघुवित्तको सीईओमा नियुक्त

काठमाडौं,२३ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त हुनु भएको छ । कम्पनीले वैशाख २२ गते बसेको

पशुपति क्षेत्रका सडक आश्रितको व्यवस्थापनका लागि ’होर्डिङ सेन्टर’ सञ्चालनमा

काठमाडौं,२३ वैशाख । काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष

स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं,२३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।   स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक