भाडाको घरमा आगजनी

केपी ओलीको भन्दै जलाइएको घर अर्कैको परेपछि….

घटनाबारे छनविन गर्नुपर्ने एमालेले माग गरेको छ ।

दमक, ३० भदौ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । यस मध्ये २४ गते चाहि तोडफोड र अगाजानीका घटना भएका थीए । देशभर भएको प्रदर्शनका कारण झापाको दमकमा पनि विभिन्न सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीमा पन प्रदर्शनकारीहरुले क्षती पुर्याएका थीए । त्यस दिनको क्षतीको अवस्था कस्तो छ भनेर आज दमकका दुई ठाउँमा स्थलगत अनुगमन गरियो । नेकपा एमाले र पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको दमक ९ स्थित अस्थाई घरमा ।

 

 

दमकका २१ वटा सार्वजनीक तथा निजी सम्पत्तीमाथी प्रदर्शनकारीहरुले तोडफोड र आगाजानी गरे । यसमध्ये दमक ९ मा रहेका पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको अस्थाई घरमा समेत थियो । ओलीकै घर हो भनेर प्रहार गरिएको यो घर बास्तावमा भाडामा रहेको थियो । तर यो घर अहिले बस्न त के पस्न पनि लायकको छैन । घरका सबै संरचना तथा सामान जलेर खरानी भएका छन् ।

 

 

आगोको रापका कारण घरको भौतीक संरचना समेत कमसल बनेको छ । चुनावको समयमा केपि ओलीको सम्पर्क र भेटघाट तथा अन्य चुनावी गतिविधि गर्नकालागी भनेर यो घर भाडामा लिइएको थियो । चुनाव पछि यसको प्रयोजन सकिएको थियो । तर घर धनी नेपाल बाहिर रहेकोले प्रधानमन्त्रीज्यू बस्दै गर्नुहोस हामी आएपछि लिउँला भनेर धरधनीले छाडेका थीए । तर अहिले यो घर ओलीकै हो भनेर प्रदर्शनकारीहरुले आगो लगाएर जलाए ।

 

 

भीत्र पसेर सबै तोडफोड पनि गरे । चुनावका बेला ओलीको निकट रहेर काम गर्नु भएका यही क्षेत्रका प्रदेश सांसद होम थापा भन्नु हुन्छ अव हामी धरधनीलाई के जवाफ दिनु ? घरको यस्तो हालत बनाइएको छ । उहाँले यसरी व्यक्तिगत तथा अन्य सार्वजिनक सम्पत्तीमा समेत तोडफोड र आगजानी गर्नेहरुलाई कार्वाहिको माग गर्नु भएको छ ।

 

यता नेकपा एमालेको पार्टि कार्यालयपनि भुगोलमा रहेका नेता तथा कार्यकर्ताहरुले निरिक्षण गरेका छन्। यहाँ रहेका सयौ कुर्सी, टेवल तथा बिभिन्न अभिलेख समेत समेत जलेर नष्ट भएको नेकपा एमाले दमकका अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

 

दमकमा २४ गते भएको प्रदर्शनमा आन्दोलनकारीहरुले माओवाली केन्द्र, नेपाली काग्रेसको पार्टि कार्यालय साथै, माओवादी नेता रेवत राज पुरी गगन, एमाले नेता होम बहादुर थापा, रोमनाथ ओली, देवेन्द्र दाहाल, गोविन्द थापा लगायतको घरमा तोफोड गरेका थीए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले