दमकका उद्योगी व्यवसायीको निश्कर्ष

‘जेनजीको खोल ओडेर उद्दण्डहरुले देश ध्वस्त पारे’

व्यापारीका बिभिन्न सामान पनि भन्सारमा रहेको र ती सामान पनि जलेको हुनालो त्यसबाट ठुलो क्षती

दमक, ३१ भदौ । भदौ २३ र २४ गते भएको प्रदर्शनलाई लिएर दमकका उद्योगी व्यवसायीहरुले ‘ जेनजीको आवरणमा उद्दण्डहरुले देश ध्वस्त पारेको’ निश्कर्ष निकालेका छन् ।

 

दमकका उद्योगी प्रमे पाण्डेले उज्यालो खवरसग कुरा गर्दै भन्नु भयो जेनजीको आन्दोलन पवित्र थियो तर त्यसभीत्रको खुसपेठले देश ध्वस्त भयो , उद्योगी व्यवसायीहरुलाई समेत निसाना बनाइयो जुन निन्दनीय छ । दुख लाग्दो छ । ’

 

नेपालका ठुला व्यापारी घरानालाई ताकी ताकी प्रहार गर्नु भनेको यहाँ उतपादन भएका नेपाली उत्पादन र आन्तरीक रोजगारमा नै असर पार्नु रहेको उहाँको निर्ष्कण छ ।

 

अहिले हजारौ श्रमीक काम बिहिन भएको र फेरी उठ्न समय लाग्ने उहाँले चिन्ता पनि व्यक्त गर्नु भएको छ । विभिन्न स्थानमा रहेका भन्सार कार्यालयहरुम लगाइएको आगोसगै कार्यालयमात्रै ध्वस्त भएका छैनन ।

 

त्यहाँ आएका व्यापारीका बिभिन्न सामान पनि भन्सारमा रहेको र ती सामान पनि जलेको हुनालो त्यसबाट ठुलो क्षती भएको पनि उहाँले उल्लेख गर्नु भयो ।

 

भदौ २३ र २४ गते देशव्यापी रुपमा जेनजी उमेर समुहको आन्दोलन भयो । अहिलेसम्म यही प्रदर्शमा परी ७२ जनाको मृत्यू भइसकेको छ भने खर्वौ मुल्य बराबरको भौतिक क्षति भएको विवरणहरु आइरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ