काठमाडौँ,३१ भदौ । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको जानकारी पाइएको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताँउनु भयो ।
प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन् ।
नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा २१ जनाको मृत्यु भएको छ ।
यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा व्यक्तिहरूको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ । कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको जेनजी आन्दोलनको क्रममा मृत्यु भएको छ ।









