सरकारले कर तिर्ने समय एक महिना थप गर्यो

काठमाण्डौ,१ असोज। सरकारले कर तिर्ने समय एक महिना थप गरेको जनाएको छ । कानून अनुसार गएको भदौ २५ गतेभित्र बुझाइ सक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले बताँउनु भयो ।

 

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको हो ।

 

जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमबाट उद्योगी व्यवसायीले तोकिएको समयमा कर तिर्न नपाएको भन्दै अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई सहजीकरणका लागि आग्रह गरेका थिए ।

 

अर्थमन्त्री खनालले कर तिर्ने समय एक महिना थप गर्ने, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने व्यवसायीलाई बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुढीगंगा नगरपालिकाले पायो नयाँ प्रशासकीय अधिकृत

बाजुरा,२३ वैशाख । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा १७.७ प्रतिशतको गिरावट

काठमाडौं,२३ वैशाख । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सजल खड्का एनएमबि लघुवित्तको सीईओमा नियुक्त

काठमाडौं,२३ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त हुनु भएको छ । कम्पनीले वैशाख २२ गते बसेको

पशुपति क्षेत्रका सडक आश्रितको व्यवस्थापनका लागि ’होर्डिङ सेन्टर’ सञ्चालनमा

काठमाडौं,२३ वैशाख । काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष

स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं,२३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।   स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक