यसरी काम भइरहेको छ मेची भन्सार कार्यालयमा

झापा, २ असोज । तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले सेवा सुचारु गरेको छ । जेनजी पुस्ताको आन्दोलनबाट क्षति ग्रस्त भई सेवा अवरुद्ध भएको यश कार्यालयले सोमबारदेखि पुनः सेवा सुरू गरेको हो ।

भदौ २४ गते सोमबार काठमाडौंबाट सुरू भएको जेनजी पुस्ताको आन्दोलन मंगलबार देशैभर फैलिएको थियो । त्यहीँ क्रममा झापामा पनि जनप्रतिनिधि र नेतासँगै विभिन्न सरकारी कार्यालयहरू पहिलो निसानीमा राखेर अभियान चलाइएको थियो । जस अन्तर्गत काँकरभिट्टा स्थित पुर्वी नाकामा रहेको मेची भन्सार कार्यालय पनि आक्रमणमा पर्यो । आन्दोलनकारी उत्तेजित हुँदा भिडले उग्ररूप लिएको थियो । सयौंको संख्यामा आएका जेनजी पुस्तासंगै अन्य आन्दोलनकारीले भन्सार कार्यालय पूर्ण रूपमा कब्जामा लिइ तोडफोडसंगै आगजनी गरे । कार्यालय पुर्ण रूपमा तहसनहस भयो । जसको कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा प्रभावित भयो ।

भारत सहित तेस्रो मुलुकसंगको आयात निर्यात गर्ने मुख्य नाका मध्येको एक मेची भन्सार कार्यालयको सेवा बन्द हुँदा राज्यको करोडौं राजस्व गुमायो । त्यस्तै नेपालीहरूको ठुलो चाड दशैं नजिकिँदै जाँदा आयत निर्यात ठप्प हुँदा भन्सार एजेण्टहरू पनि समस्या परेको बालकृष्ण थापा बताउँछन् । मेची भन्सार कार्यालयमा बिगत लामो समयदेखि सब्जी लगायतको कच्चा सामाग्री आयात गर्दै आएका न्यू लालिगुराँस ट्रेडर्स सप्लायर्सका पोपाइटर थापाले भन्सार सेवा एक साता बन्द हुँदा आफुहरूलाइ समस्या झेल्नुपरेको बताए । अब कार्यालयले सेवा सुरू गरेको छ । सेवा सहज हुने विश्वास उनको छ ।

देशको भ्रष्टाचार बिरूद्ध सञ्चालन भएको जेनजीको आन्दोलनले भन्सार कार्यालयमा क्षतिग्रस्त हुँदा आयत निर्यात ठप्प भएको अर्का भन्सार एजेण्ट सन्तोष खवासले बताए । स्वाभिमान सन्स एण्ड सप्लायर्सका पोपाइटर खवासले अकल्पनीय आन्दोलनले पुर्याएको क्षतिले आफुहरूलाई समस्या भएको बताए । उनले तेस्रो पाटीलाई सामान आयत निर्यात गर्न सबै प्रक्रिया पुर्याएर राखिएको अवस्थामा कार्यालय बाट सेवा अवरुद्ध भएको उनको भनाइ छ । उनले यतिका दिनसम्म सामान नाकामा रोकिँदा आफुहरूले आर्थिक लोड खेप्नु परेको । तर, सेवा सुरू भएको छ । क्रमश सहजता हुने विश्वास खवासको छ ।

प्रदर्शनकारीको आगजनी र तोडफोडबाट भन्सारको सेवा प्रवाह गर्ने भवन जलेर खरानी बनेको थियो। साथै सेवा प्रदान गर्ने उपकरणहरू (कम्प्युटर, प्रिन्टर लगायतका सामग्री) र जिन्सी सामग्रीहरू जलाउनुका साथै लुटपाटसमेत मच्चाइएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वर प्रसाद हुमागाईले बताए । उनले घटनाका दिन भन्सारका कर्मचारीहरूलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको बताए । सो घटना पश्चात् सोही दिनदेखि भन्सारको सेवा ठप्प बनेको थियो। तर, समस्याका बाबजुद स्रोत साधानको अभावका बिच पनि सोमबारबाट पुनः सेवा सुचारु गरिएको उनले बताए । आन्दोलनबाट कति क्षति भयो भन्ने बिषयमा भने अहिले सम्बन्धि निकायले मुल्चुका उठाउने कार्य गरिरहेको बताए ।

 

मेची भन्सार कार्यालयले राज्यको राजस्व संकलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यश नाका हुँदै नेपालबाट भारत भुटान र बंगलादेश लगायत देशहरूमा अदुवा, अम्लिसो, चिया, अलैंची, कुचो, प्लाइउड र भेनियर लगायतका सामाग्री निर्यात हुने गरेको छ । त्यस्तै पेट्रोलियम पदार्थ, सब्जी, फलफूल, कफि, लत्ताकपडा, मेसिनरी सामाग्री लगायत भारत सहित तेस्रो मुलुकबाट आयत हुने गर्दछ ।यता आन्दोलनको क्रममा बन्द रहेको भद्रपुर भन्सारले भने शुक्रबारदेखि नै सेवा सुचारु गरि सकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन