संबिधान दिवस

संविधान रक्षाका माग गर्दै बिर्तामोडमा पत्रकार महासंघको प्रभातफेरि सम्पन्न

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड

बिर्तामोड, ३ असोज । आज असोज ३ गते संबिधान दिवस । जनताको लामो बलिदानले संबिधान पाएको दिन । शुक्रबार देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । झापाको बिर्तामोडमा संविधान दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले प्रभातफेरि सम्पन्न गरेको छ ।

 

पत्रकार महासंघको अगुवाईमा विभिन्न संघ संस्थाको सहभागीतामा बिर्तामोड स्थित मुक्तिचोकमा शान्तिपूर्ण ¥याली सहितको कार्यक्रम आयोजना गरिएको हो । प्रेस स्वतन्त्रता जिन्दावाद, भ्रष्ट्रचारको अन्त्य गर लगायतका नारा सहित पत्रकारहरुले मुक्तिचोकदेखि अदुवाखोला हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय अगाडिसम्म पुगेर मुक्ति चोकमा कोणसभा गरेका थिए ।

कोणसभामा महासंघका अध्यक्ष एकराज गिरीले सम्वोधन गर्दै मुलुकमा लामो संघर्ष पछि आएको परिर्वतनलाई आत्मसाथ गर्दै प्रेस स्वतन्त्रताका लागि सबै पत्रकार एक जुट हुनु पर्ने बताउनु भयो । उहाँले जनताको संविधान रक्षाका लागि एकताको जरुरी रहेको बताउनु भयो ।नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका एक दर्जन बढी संघ संस्थाको सहभागीता रहेको थियो ।

 

कोणसभामा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले सम्बोधन गर्नु भएको थियो । पत्रकार महासंघ झापाको अगुवाईमा भएको प्रभातफेरि कार्यक्रममा पत्रकारजन्य संघ संगठनहरु, मानव अधिकार संजाल झापासहित वैदेशिक रोजगार संघ झापा, बिर्तामोड उद्योग वाणिज्य संघ, बीरता जेसीज, वीरता लेडी जेसीज लगायतका दर्जनबढी संघ संस्थाको सहभागीता रहेको थियो ।संविधान रक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले प्रभातफेरि सहितको कार्यक्रम आयोजना गरेको महासंघ झापाका सचिव राजु पाठकले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले