अटेरी व्यवसायी

दमकका अटेर तरकारी व्यवसायी

दमक ४ भदौ |  दमकमा रहेको सब्जी बजारकेही हप्ता अघिसम्म यस्तो देखिन्थ्यो ।

अहिले भने यस्तो देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दमक नगरपालिकाले सब्जी बजार सफा र व्यवस्थीत बनाउन विभिन्न नियमहरु लगाएको थियो । सब्जी बजारमा व्यवसाय गरिरहनेहरुले नगरपालिकाको डरले नियमको पालना पनि गरिरहेका थिए । तर, केही दिनअघि भएको जेन्जीको आन्दोलनमा दमक नगरपालिकामा आगजनी र तोडफोड गरिएपछि नगरपालिका निस्कृय बन्यो । नगर प्रहरी नगरपालिका भीत्रैको काममा व्यस्त रह्यो । तर यहाँ रहेको सब्जी बजारका व्यापारी भने नगरपालिका र नगर प्रहरी नआउने भएपछि बिना लाज सरम फेरी फुटपाथ अतिक्रमण गरेर व्यापार गर्न थालेका छन् ।

 

नागरीकको सास्ती, हैरानी, बजारको सुन्दरता र आकर्षण बढाउन दमक नगरपालिकाले नियम लगायो । तर निरन्तर अनुगमनमा आउन नपाउँदा व्यापारीहरुले अभद्र व्यवहार देखाउन थालीहालेका छन् ।

 

दमकमा रहेको सब्जी बजारमा बिहान ८ बजेसम्ममा मालवहाक सवारी साधनहरुले आफ्‌नो सामान झारेर गईसक्नु पर्‌थ्यो । चारपाङ्र्गे सवारी साधनहरु बजार परिसर भित्र पस्न रोक लगाईएको थियो । यहाँ रहेका सब्जी तथा फलफूल व्यवसायीहरुलाई आफ्‌नो पसल भन्दा बाहिर फुटपाथका आफ्‌नो सब्जी तथा फलफूल राख्न मनाहि गरिएको थियो भने बजार भित्र फोहोर व्यवस्थापन गर्न पनि अनुरोध गरिएको थियो । तर, अहिले भने यि सबै नियमहरु यहाँका व्यापारीहरुले बिर्से । वा सम्झेर पनि पालना नै गरेका छैनन । दिउँसोको समयमा पनि मालबहाक सवारी साधन बजार भित्र छिराई धेरै बेरसम्म रोकिँदा फोहोर उठाउने सवारी साधनलाई भने छिर्न निकै गाह्रो भएको देख्न सकिन्छ ।

 

 

यसरी दिउँसोको समयमा मालवाहक गाडी किन भित्र छिराउनुभएको भनेर हामी प्रश्न गर्दा आफूलाई थाहा नभएर हो , यो मेरो पहिलो चोटी भएकाले माफ पाउँ भन्ने छिटो छिटो भाग्न खोज्नुहुन्छ त्यही सवारी साधनका चालक मिक्लाजुङ ५ का खगेन्द्र श्रेष्ठ ।

 

 

त्यती मात्रै कहाँ होर, फेरी फुटपाथमा राखिएका डालाका सब्जीहरुले त फोहोरको गाडीहरुलाई नै छोईरहेको देख्न सकिन्थ्यो । यसरी फुटपाथमा किन सब्जीहरु राखिदिनुभएको भनेर हामीले व्यवसायीहरुसँग प्रश्न गर्दा कसै सँग जवाफ थिएन । कोही पनि बोल्न मानेनन् । अर्थात उनीहरुसग बोल्ने कुनै जवाफ नै छैन । बोलौ गल्ति गरिएको छ । मैले गल्ती गरे भन्ने आँट र हिम्मत कसैमा छैन ।

 

 

तर, यही बजारको बिचमा रहेको एउटा फलफूल पसलको भने कुनै पनि सामान आफ्‌नो स्थान भन्दा बाहिर फुटपाथमा निकालिएको थिएन । त्यही पसलका सञ्चालक भोला शाहका अनुसार अहिले सब्जी बजारमा रहेका फुटपाथहरुमा बिहान देखी बेलुकैसम्म जताततै सवारी साधनहरु र जथाभावी राखिएका सब्जीहरु हुने गरेको छ । यहाँ रहेका व्यवसायीहरुलाई न नगरपालिकाले भनेको मान्छन् न व्यवस्थापन समितीले भनेको । यस्ता व्यवसायीहरुलाई उहाँले थेत्तराको उपनाम समेत दिनुभयो । र कार्वाहिको माग पनि गर्नु भयो ।

 

 

नियम बनाउने काम सरकारको भएपनि त्यो नियमको पालना गर्नु हामी नागरिकको दायित्व हो । तर, केही समयको लागी सरकार निस्कृय बन्यो भन्दैमा मौकाको फाईदा उठाई नियमको उल्लगन गर्नेहरुमा नैतिकता पनि मर्नुपर्ने हो र ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६