जलेकै कार्यालयमा बैठक बस्ने

पार्टी कार्यालयमा धुलो टकटकाउँदै दमकको एमाले

गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा यो पार्टी कार्यालयमा अगाजानी तथा तोडफोड भएको थियो ।

दमक, ४ भदौ ।  नेकपा एमाले दमक नगर कमिटीले आफ्‌नो पार्टी कार्यालय सरसफाई गरेको छ । पार्टिले आज दमक ९ स्थित पार्टी
कार्यालयमा आफ्‌ना नेता तथा कार्यकर्ताको सहयोगमा सरसफाई गराएको हो ।

 

प्रदेशदेखि, जिल्ला र पालिका साथै वार्ड तहका कमिटीका पदाधिकारी, सदस्यहरुको उपस्थितीमा सरसफाई गरिएको थियो । साथै बिभिन्न जनवर्गीय संगठनका बिभिन्न तह र पदमा रहेका नेताहरुले पनि सरसफाई गरेका थिए ।

 

गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा यो पार्टि कार्यालयमा अगाजानी तथा तोडफोड भएको थियो । जसका कारण अहिले यो कार्यालयको तल र माथीको भागमा क्षति भएको छ भने धेरै अभिलेखहरु डढेर खरानी भएका छन् ।

 

सरसफाई कार्यक्रमपछि प्रतिकृया दिदै एमाले दमक नगर राम पौडेल भन्नु हुन्छ हामी हाम्रो कार्यालय सरसफाई गरेर सबै सदस्यको सहयोगमा कुर्सी समेत व्यवस्था गरी यही ठाउँमा बैठक बस्ने छौ । उहाँले भन्नु भयो बैठकपछि यसको पूःन निर्माण कसरी गर्ने भन्नेबारेमा निर्णय गरेर अघी बढ्ने छौ ।

 

प्रदेश कमिटिको सचिवालय सदस्य अम्बिका खनाल, पार्टिका जिल्ला कमिटीका सदस्य तथा अन्य बिभिन्न जनवर्गीय संगठनको उल्लेख्य उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले