जेनजी प्रदर्शनमा भागेका मध्ये ६ हजार ३ सय २८ कैदीबन्दी फर्किए

काठमाण्डौ,५ असोज । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये अहिलेसम्म छ हजार तीन सय २८ जना कैदीबन्दी फर्किएको प्रहरीले जनाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिक जसो नै कैदीबन्दीहरू फर्किरहेको बताँउनु भयो । उहाँका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् ।

 

गएको भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार पाँच सय ५५ कैदीहरु भागेका थिए । अझै आठ हजार दई सय २६ जना सम्पर्कमा नआएकाले खोजी भइरहेको निर्देशक न्यौपानेले जानकारी दिनु भयो। उहाँका अनुसार कारागारबाट १३ हजार पाँच सय ९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए ।

 

सम्पर्कमा आएका मध्ये कारागारबाट भागेका पाँच हजार नौ सय ८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् । आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका झन्डै दुई हजार आरोपी समेत फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताँउनु भयो । देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि अहिले झन्डै २२ हजार कैदीबन्दी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने

पोखराका सुकुमबासीलाई मेयरको आश्वासन

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गर्नु

मोरङ-३ को भूमि समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।