जेनजी प्रदर्शनका क्रममा चोरी गरेका सामान फिर्ता गर्न उर्जा र कृषि मन्त्रालयको आग्रह

काठमाण्डौ,५ असोज। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामान तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा आगजनी भएको मन्त्रालयले बताएको छ ।

 

टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवम् चोरी भएको मन्त्रालयले बताएको छ । तोडफोड र चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको मन्त्रालयले बताएको छ ।

 

मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन समेत आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानुन बमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ ।

 

यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयले पनि ल्यापटप, सिसी क्यामेरा, कम्प्युटर, डेस्कटप, मोटरसाइकलमा जडित ब्याट्रीहरू लगायतका सामग्री चोरी भएको बताएको छ । चोरीमा संलग्नहरूको सिसीटिभी फुटेज मार्फत पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका जुन कुनै सामग्री लिएको भए तत्काल मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण