रास्वपामा उठ्यो ‘अर्लि महाधिवेशन’को माग

काठमाण्डौँ,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र परिवर्तित परिस्थिति र चुनाव कारण देखाउँदै ‘अर्लि महाधिवेशन’को बहस सुरु भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले मध्यावधि चुनावलाई ख्याल गर्दै ‘अर्लि महाधिवेशन’बारे छलफल सुरू भएको स्वीर्कानु भएको छ ।

 

तर, पार्टी केन्द्रीय समितिले कुनै निर्णय भने लिएको छैन ।आउँदो मंसिर महिनामै गर्ने गरी महाधिवेशन मिति सारौँ भन्ने धारणा पार्टीकै केन्द्रीय नेताहरुबाट आइ रहेको र आफू पनि त्यही पक्षमा रहेको उहाँले बताउनु भयो । पार्टी केन्द्रीय समितिले २०८२ फागुन ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । मुलुककै राजनीति परिवर्तन हुँदै आउँदो फागुन २१ गतेका निम्ति प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको हुँदा महाधिवेशन सार्नुपर्ने देखिएको झाले बताँउनु भयो ।

 

पार्टीले यसअघि यही असोजभित्र वडा, कात्तिक भित्र पालिका, मङ्सिरमा जिल्ला अधिवेशन सक्दै माघ १५ सम्ममा प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । झाले केही दिनअघि भएको सचिवालय बैठकमै ‘अर्लि महाधिवेशन’को प्रसंग उठाउँदै केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्नुपर्ने धारणा राख्नु भएको थियो । तर, पार्टीले यसबारे कुनै निर्णय लिएन ।राष्ट्रिय स्वतन्त्र पार्टी ३९ महिनाअघि गठन भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले