रास्वपामा उठ्यो ‘अर्लि महाधिवेशन’को माग

काठमाण्डौँ,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र परिवर्तित परिस्थिति र चुनाव कारण देखाउँदै ‘अर्लि महाधिवेशन’को बहस सुरु भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले मध्यावधि चुनावलाई ख्याल गर्दै ‘अर्लि महाधिवेशन’बारे छलफल सुरू भएको स्वीर्कानु भएको छ ।

 

तर, पार्टी केन्द्रीय समितिले कुनै निर्णय भने लिएको छैन ।आउँदो मंसिर महिनामै गर्ने गरी महाधिवेशन मिति सारौँ भन्ने धारणा पार्टीकै केन्द्रीय नेताहरुबाट आइ रहेको र आफू पनि त्यही पक्षमा रहेको उहाँले बताउनु भयो । पार्टी केन्द्रीय समितिले २०८२ फागुन ७, ८ र ९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । मुलुककै राजनीति परिवर्तन हुँदै आउँदो फागुन २१ गतेका निम्ति प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको हुँदा महाधिवेशन सार्नुपर्ने देखिएको झाले बताँउनु भयो ।

 

पार्टीले यसअघि यही असोजभित्र वडा, कात्तिक भित्र पालिका, मङ्सिरमा जिल्ला अधिवेशन सक्दै माघ १५ सम्ममा प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । झाले केही दिनअघि भएको सचिवालय बैठकमै ‘अर्लि महाधिवेशन’को प्रसंग उठाउँदै केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्नुपर्ने धारणा राख्नु भएको थियो । तर, पार्टीले यसबारे कुनै निर्णय लिएन ।राष्ट्रिय स्वतन्त्र पार्टी ३९ महिनाअघि गठन भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये