नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा

काठमाण्डौं,५ असोज । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ‘युनिटी कप’ टी–२० सिरिज माथि मडारिएको अनिश्चितताको बादल हटेको छ। भिसा प्रक्रियामा रोक लागे पछि सङ्कटमा परेको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ।भिसा सुनिश्चित भएसँगै नेपाली टोली सोमबार यूएई प्रस्थान गर्ने निश्चित भएको छ।

 

यसअघि, नेपालमा भएको ‘जेन–जी’ आन्दोलन र त्यस क्रममा कारागारबाट करिब १३ हजार कैदी भागेको घटनापछि यूएई सरकारले नेपाली नागरिकका लागि सबै प्रकारका भिसामा अस्थायी रोक लगाएको थियो। यसको प्रत्यक्ष असर नेपाली क्रिकेट टोलीको यूएई भ्रमणमा परेको थियो, जसका कारण आइतबार विहानसम्म पनि सिरिज नै हुने वा नहुने भन्नेमा शङ्का उत्पन्न भएको थियो।

 

नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको प्रतिष्ठित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० सिरिज खेल्ने तालिका रहेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको