काठमाडौँ,५ असोज। सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११६ दशमलब ०१ अंकले बढेर २ हजार ६ सय २७ दशमलब ९३ बिन्दुमा उक्लेको छे । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो समातेको छ । आइतबारको वृद्धि अघिल्लो दिनको तुलनामा ४ दशमलब ६१ प्रतिशतले बढी छ ।
सो दिन कारोबारमा आएका मध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच भएको थियो । ती किनबेचमा ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।
सो दिन कारोबारमा आएका १३ उपसमूह मध्ये सामूहिक लगानी कोष र निर्जीवन बिमा बाहेक सबैको परिसूचक बढेको छ ।









