मोरङको कानेपोखरीमा रहेको सहकारीमा मनपरी

मोरङ,५ असोज । मोरङको कानेपोखरीमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ७४ लाख २४ हजार रुपैयाँ शङ्कास्पद लगानी गरेको जानकारी पाइएको छ ।

 

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । कार्यालयका अनुसार सहकारीको भाका नाघेको ऋण ३३ करोड बढी रहेको छ ।

 

यो रकम कूल ऋण लागनीको ४५ दशमलब १३ प्रतिशत हो । मापदण्ड अनुसार यस्तो ऋण बढीमा ५ प्रतिशत हुनुपर्छ ।

 

संस्थाको कुल ऋण लगानी ७३ करोड ९६ लाख १९ हजार ६५९ रुपैयाँ रहेको छ । जसमध्ये ४५ करोड ७६ लाख रुपैयाँ मात्रै असल ऋण रहेको छ । यस्तै ३ करोड ४८ लाख ३६ हजार कमसल ऋण, ३ करोड ७४ लाख २४ हजार शङ्कास्पद ऋण लगानी गरेको सहकारीमा खराब ऋण मात्रै २० करोड ९६ लाख ८२ हजार रुपैयाँ अर्थात २८ दशमलब ३५ प्रतिशत रहेको छ ।

 

अनुगमन टोलीले सहकारीलाई यथाशीघ्र भाका नाघेको ऋणको सावाँ व्याज उठाउन प्रभावकारी कार्ययोजना १५ दिनभित्र बनाई पेश गर्ने तथा सो अनुरुप तुरुन्त असुल उपर गर्न निर्देशन दिएको छ । सहकारीका अध्यक्ष सन्तोष फुयालले रजिष्टार कार्यालयले दिएको जस्तो शंकास्पद र कमसल ऋण आफ्नो सहकारीमा नभएको दावी गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले