घाइते जेनजीः आन्दोलनबाट प्राप्त उपलब्धिलाई दुरुपयोग गर्न नपाइने चेतावनी

काठमाडौँ  ,५ असोज। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका हुन् । आइतबार सिंहदरबार पुगेर घाइतेहरूले गृहमन्त्रीसँग भेट गर्दै यस्तो चेतावनी दिएका हुन्।

 

उनीहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने जानकारी दिएका छन् । जेनजीका विभिन्न समूहहरूले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखि रहेको अवस्थामा राजनीतिक दलमा आबद्ध युवाहरूले समेत आन्दोलनको फाइदा उठाउन खोजेको भन्दै वास्तविक जेनजी पुस्ता आक्रोशित भएका छन् ।

 

आफूहरू नै वास्तविक जेनजी पुस्ता भएको र आन्दोलनबाट प्राप्त उपलब्धिलाई दुरुपयोग गर्न नपाइने उनीहरूले चेतावनी दिएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ ३ को भुमी समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा