५ जना मन्त्रीको नाममा एक जनाको नाम होल्ड

काठमाण्डौं,६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाए पनि एक जनाको नाम होल्ड भएको जानकारी पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस हुनु भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्रीले नै होल्ड गर्न भनेको स्रोतले जनाएको छ।

 

‘५ जना मन्त्रीको नाम आएको थियो, एक जनाको होल्ड गर्न फोन आएको छ, चार जनाको नियुक्ति र शपथ आजै हुन्छ होला, दिउँसो साढे २ बजे पछि शपथ हुने सम्भावना छ, यति बजे भनेर तोकिएको छैन,’ राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

 

साथै स्वास्थ्य मन्त्री पनि नयाँ नाम सिफारिस हुन सक्ने चर्चा पनि छ। डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिनु भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. संगीता कौशल मिश्रा विरूद्ध छानबिन गरि रहेको थाहा पाएपछि प्रधानमन्त्री कार्की स्वास्थ्य मन्त्रीमा उहाँको नियुक्ति अघि नबढाउने मनस्थितिमा पुग्नु भएको हो ।

सिफारिस गरिएका बाँकी ४ जनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिल कुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार रहनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो