श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या

इलाम,६ असोज । इलामका एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफू झुन्डिएर आत्महत्या गरेका छन् ।

 

इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

सोमबार बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकी गणदेव राईले टेलिफोनमार्फत प्रहरी चौकी रक्सेमा बताएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलाम तर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही ठाउँमा रहेको झिगनिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये