झापाका यी विद्यार्थी नेता जेन जी आन्दोलन पछि बनेको सरकारबाट के अपेक्षा राख्छन् ?

दमक, ६ असोज। गत भदौ २३ र २४ गते देशभरका जेन्जी युवाहरुले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुको मुख्य उद्धेश्य भनेको देशबाट भ्रष्टाचार हटाउनु र भ्रष्टचार गर्ने दल र सरकारलाई हटाई नयाँ दल गठन गर्नु थियो भने अरु विभिन्न उद्धेश्यहरु पनि थिए । जेन्जीको आन्दोलबाट नयाँ आन्तरिम सरकार पनि गठन भयो । आन्दोलनमा लगभग ७४ जनाले ज्यान गुमाए भने २००० भन्दा बढि अझै घाईते नै छन् । जेनजीको बलीदान शुशीला कार्की नेतृत्वको सरकार बनाउनु मात्रै हो वा अरु के गरिन पर्छ ? झापामा विद्यार्थी नेताहरु के भन्छ्न ?

सरकारसँग यो पटक जेन्जीहरुले धेरै अपेक्षा राखेका छन् । र यो भन्दा पहिला भएका आन्दोलनहरु जस्तो जेन्जीको आन्दोलन नबनोस् र पहिलाको जस्तो भ्रष्टचार देशमा नहोस् भन्ने खास चाहना उनीहरुको छ । , जेन्जीहरुले चाहेजस्तोे देशमा सुशासन कायम रहोस् भन्नुहुन्छ अनेरास्वीयू दमक नगर कमिटीका अध्यक्ष निश्चल दाहाल । उहाँका अनुसार संविधान संशोधन गरि प्रदेश र संघ दुबै तर्फकै समानुपातिक सांसद छान्ने परिपाटी हटाउनुपर्छ ।

 

त्यस्तै अबको संविधान संशोधनमा कार्यकारी प्रमुख चाहिँ जनताद्धारा निर्वाचित गरेर मात्र बनाउनुपर्छ र पहिला पहिला भ्रष्टचार गर्नेहरुको पनि छानबिन गर्ने गरिको संविधान बन्नुपर्ने बताउनुहुन्छ अनेरास्वीयू क्रान्तीकारी दमकका अध्यक्ष पर्वत सुवेदी बताउनु हुन्छ ।

अबको सरकारले जेन्जीहरुको बलिदानलाई सम्मान गर्दै उनीहरुको भावनालाई समेट्ने गरिको काम गर्न र परिणाम दिन सक्नु पर्छ । जसका लागी सबैभन्दा महत्वपूर्ण पक्ष फागुन २१ मँ तोकीएको चुनाव गराउन सक्ने क्षमता राख्नु पर्छ । चुनाव पछि आउने जनादेशले जेन जी आन्दोलनको मुुद्धा र नागरिकका आधाभूत आवश्यकता पुरा गर्न लाग्नु पर्ने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६