सधै साधारण पोषाकमा देखिने महाबिर पुन बिज्ञताका आधारमा मन्त्रालय हाक्ने सपथ खाए

काठमाण्डौं,६ असोज । सेतो दौरा सुरुवाल । कालो कोट र कालै टोपी ।घाँटीमा भिर्ने भएको पावरवाला चस्मा । हातमा सपथको कागज । सँधै सामान्य भन्दा पनि सामान्य पोषाक तथा अवस्थामा देखिने र भेटिने नेपाली बैज्ञानीक महाविर पुन सोमबार चीटिक्क पोषाकमा देखिनु भयो । त्यो पनि नेपाली राष्ट्रिय पोषाकमा । अनी उहाको आजको यो उपस्थिती हो शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाएको खुसीको दिन । यो भव्य कार्यक्रममा उहाँको भव्य उपस्थिती ।

उहाँ सहित नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भयो ।
मन्त्रीको शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री,
वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, , राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियारलाई कृषि तथा सहकारी र पत्रकार जगदीश खरेललाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रुपमा शपथ खुवाइएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये