काठमाडौं,७ असोज। नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिल कुमार सिन्हाले पदभार ग्रहण गर्नु भएको छ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री सिन्हाले पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गर्दै उहाँले भू—उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय पनि गर्नुभएको छ। भू—उपयोग नियमावली बाधक बन्दा विद्युत लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको भन्दै उहाँले यस्तो निर्णय गरिएको बताउनु भयो।
उहाँले भू—उपयोग नियमावलीका कारण कित्ताकाट रोकिएको भन्दै उक्त निर्णय गरेको उहाँको भनाइ छ। उहाँले सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न आफू लागिपर्ने पनि बताउनु भयो। सरकारले भू—उपयोगसम्बन्धी केन्द्रिकृत शासन प्रणालीबाट हटाएर स्थानीय तहलाई जिम्मेवारी दिने घोषणा पनि गर्नु भयो।
मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुन्थ्यो । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको उहाँ ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त हुनु भएको थियो ।









