पोखराको सडकमा उत्रिए सहकारी पीडित

पोखरा,७ असोज ।पोखराका सहकारी पीडितहरूले मंगलबार सडकमा विरोध प्रदर्शन गरेका छन्। जेनजी प्रदर्शनका नाममा घुसपैठ गरेर सहकारी ठगीको मिसिल र प्रमाणहरू नष्ट गरेको भन्दै पीडितहरूले सडक प्रदर्शन गरेका छन्।

 

पीडितले पोखराको पृथ्वीचोकबाट विरोध निकालेका थिए। उनीहरूले कारागारबाट भाग्ने र भगाउनेलाई कारबाही गर, कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई तत्काल पक्राउ गर, अदालत, पोखरा महानगरको सहकारी शाखा लगायत जलाउनेलाई कारबाही गर, सहकारीको मुद्दा प्राथमिकतामा राखेर फैसला गर लगायतका नारा लगाउनुका साथै प्लाकार्ड बोकेका थिए।

 

प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालय जलाउँदा सबभन्दा पहिले सहकारी शाखामा आगो लगाएका थिए। जिल्ला अदालत र उच्च अदालतमा पनि सहकारीको मुद्दा राखिएको फाँटबाट आगो लगाएको पीडितहरूले जनााएका छन्।

सहकारी ठगीका अभियुक्तहरू प्रदर्शनमा घुसपैठ गरेर प्रमाण नष्ट गर्न खोजेको पीडितहरूले आरोप लगाएका छन्। सहकारी बचत पीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले नियोजित रूपमै सहकारीको फाइल जलाइएको बताउनु भयो। जेनजीले भ्रष्टाचार विरूद्ध आन्दोलन गर्दा सहकारी ठगीका अभियुक्तहरू घुसपैठ गरेको देखिएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये