काठमाडौँ,७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गर्नु भएको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गर्दै उहाँले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उहाँले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गर्नु भएको छ ।
‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो,‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’
उहाँले कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताउँदै भन्नु भयोे,’आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनस्र्थापनाका लागि लड्छौँ ।’









