स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीद्धारा बरामद

विराटनगर,७ असोज । भारतबाट नेपालतर्फ ल्याइएको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको जनाएको छ। मंगलबार दिउँसो १२ बजेर ४५मिनेट तिर विराटनगर महानगरपालिका–१७ मा गरिएको चेकजाँचका क्रममा यो रकम फेला परेको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले शंकास्पद रूपमा नेपाल प्रवेश गरेको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

 

विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलको खानतलासी गर्दा लुकाइछिपाइ राखिएको रकम फेला परेको प्रहरीले बताएको छ। बरामद भएको रकममा १ हजार दरका २८४ थान र ५ सय दरका २,३३२ थान नेपाली नोटहरू रहेका छन्। रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले साहलाई पनि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रहरीको प्रारम्भिक अनुमानअनुसार यो रकम अवैध हुण्डी कारोबारको हुनसक्ने देखिएको छ। अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरी प्रवक्ता चुँडालले बताउनु भयो। यो घटनाले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको निरन्तर सतर्कताको आवश्यकता देखाएको पाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान