दमकमा दशैँको तयारीसँगै फर्निचर पसलमा ग्राहकको चहलपहल

दमक,७ असोज । नेपालीहरुको महान चाड दशैँ आउँदा घरलाई चिटिक्क पारेर सजाउने र घरको लागी नयाँ नयाँ सामान किन्ने त चलन नै छ । त्यही भएर दशैँ आउन लाग्यो भन्ने बित्तिकै मानिसहरु नयाँ फर्निचरहरु किन्न तिर पनि लागी हाल्छन् । दशैँ आउन लाग्दा फर्निचरको माग उच्च हुने गरेकोले फर्निचरहरुको व्यवसाय गर्ने पसलहरुमा यति बेला भिड हुने गर्छ । यो समय फर्निचर बेच्नेहरुको लागी पनि राम्रो अवसरको रुपमा लिन सक्छन् ।

 

दमकमा रहेका हरेक फर्निचर पसलहरुमा ग्राहकहरुको भिड लागेको थियो । फर्निचर वयवसाय गर्नेहरु पनि आफ्नो उपभोक्तालाई सामान देखाउँनमा व्यस्त देखिन्थे । वर्षमा एकचोटी आउने चाड हो दशैँ । घरभरी पाउनाहरु आउने गर्छन् । यस्तोमा आफ्नो घर राम्रोसँग सजावट गर्नका लागी भनेर आफूले फर्निचरहरु अर्डर गरी लिन आएको बताउनुहुन्छ दमक ९ का डोर बहादुर दियाली ।

 

पहिलाको भन्दा यो वर्ष निकै राम्रो व्यापार भईरहेको छ ।तर, यो जेन्जी आन्दोलनका लागी धेरै दिन सम्म पसल बन्द हुदाँ आफूले व्यापार गर्नको लागी थोरै समय पाए जस्तो लागेको बताउनुहुन्छ दमक ६ फर्निचर लाईनमा रहेको रोयल फर्निसिङका सञ्चालक गोपाल भण्डारी । देशमा यस्तो परिस्थीती आएकाले आफूले व्यापार गर्न पाउने हो कि हैन भन्ने डरले दशैँका लागी धेरै सामान तयार नगरेको र अबको केही दिनमा दशैँ आउन लागेकाले अहिले अर्डर लिएर सामान बनाउन समेत गाह्रो भएको उहाँको भनाई छ ।

 

दशैँको चहलपहल त देखि रहेको छ तर, पहिला पहिलाको वर्षमा जस्तो यो वर्ष खासै चहलपहल चाहिँ नभएको अर्का फर्निचर व्यवसायी सुभम अग्रवालको भनाई छ । आफूले विगत लामो समयदेखी यो पसल सञ्चालन गरेकोले आफ्ना पुराना ग्राहकहरु भने निरन्तर आईरहनु भएको र अलिअलि व्यापार भईरहेको दमकमा सत्यम इम्पेरियम सन्चालन गरिरहनु भएका अग्रवालको अनुभव छ ।

 

जेन्जी आन्दोलनका कारण सबै क्षेत्रका व्यपारमानै असर पुर्याएको छ । यो पटक देखाउने गरि हैन सँस्कृती जोगाउने गरि दशै मनाउन अपिल समेत गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौं,१० भदौ। भोटेकोशीमा आएको बाढीको जोखिम सुस्तासम्म रहने आकलन गरिएको छ। जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना पठाउने तयारी

भोटेकोशी बाढीबारे मन्त्री महावीर पुनका आठ बुँदे जानकारी

काठमाडौं,१० भदौ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबारे आठ बुँदे जानकारी दिनु भएको छ। मन्त्री पुनका अनुसार तिब्बतमा हिमताल

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६