सरकारद्धारा अनावश्यक खर्च कटौतीका लागि १२ बुँदे योजना सार्वजनिक गर्यो

दुरुपयोग रोक्नेदेखि उच्च पदस्थको भड्किलो जीवनशैली सुधारका लागि नयाँ नियम लागु गर्यो

काठमाण्डौ,८ असोज। सरकारले अनावश्यक खर्च कटौतीका लागि १२ बुँदे योजना सार्वजनिक गरिसकेको छ । मितव्ययिता नीति अन्तर्गत अर्थ मन्त्रालयले सार्वजनिक गरेको योजनामा सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज भएको जनाएको छ । मन्त्री र प्रदेश प्रमुखका स्वकीय सचिवालयमा पनि बढीमा तीन जना मात्र नियुक्ति गर्न सकिने भएको छ ।

 

आयोजनाको पुनः प्राथमिकीकरण र अनुत्पादक खर्च कटौती सम्बन्धी निर्णयमा सरकारले पूँजीगत तथा चालू खर्च दुवैमा व्यापक सुधारको लक्ष्य राखेको जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा गरेको निर्णयबाट झण्डै एक खर्ब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ । जसलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गरिने सरकारले बताएको छ । यसले खर्च कटौतीसँगै पदमा पुगेका व्यक्तिको कार्यशैली र जीवनशैली समेत भड्किलो हुनबाट रोक्ने अनुमान गरिएको छ । यो निर्णयले सरकारी टोलीको जम्बो विदेश भ्रमणलाई रोक्ने छ भने दलका नेताको पहुँचमा आयोजना राख्नेदेखि राजनीतिक कार्यकर्तालाई करारमा सरकारी जागिर दिनेसम्मका काम रोकिने भएका छन् ।

 

सरकारले पूँजीगत खर्चमा पनि कडाइ गरेको जनाएको छ । राष्ट्रिय प्राथमिकताका तथा क्रमागत आयोजनालाई निरन्तरता दिँदै कम महत्त्वका, पूर्वतयारी नभएका र दोहोरो प्रविष्टि भएका आयोजनाहरूको बजेट रोक्का गरेको जनाएको छ । १० लाख रुपैयाँ भन्दा बढीका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्नुका साथै आयोजना टुक्र्याएर उपभोक्ता समितिबाट काम गराउन नपाइने भएको छ। भूमि समस्या समाधान आयोग खारेजी गर्ने, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय र राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने लगायतका निर्णयहरू पनि भएको जनाएको छ।

 

गाडी, मोबाइल र फर्निचर जस्ता सामानमा पुरानै प्रयोगलाई प्रोत्साहन गरिनेछ भने महँगा र विलासी सामग्री खरिदमा रोक लगाइएको जनाएको छ । आफ्नो घरमा बस्नेहरूले घरभाडा पाउने छैनन् । सरकारले सीधा पैसा वा वस्तु वितरण गर्ने कार्यक्रमहरूलाई पनि रोकेको छ साथै सरकारका निर्णयहरू आउँदा दिनमा समेत सरकारी स्रोतको दुरुपयोग रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले