विराटनगर वडा ८ का अध्यक्षलाई स्थानीय केही व्यक्तिहरूबाट ज्यान मार्ने धम्की

विराटनगर ,८ असोज । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्षले स्थानीय केही व्यक्तिहरूबाट ज्यान मार्नेसम्मको धम्की आएपछि वडा कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको गुनासो गर्नु भएको छ । हालैको ‘जेनजी’ आन्दोलनको प्रभाव अझै कायम रहेको र सुरक्षाको अभावका कारण आफू असुरक्षित महसुस गरिरहेको उहाँले बताँउनु भएको छ ।

 

‘म आज पनि वडा कार्यालयमा थिएँ, तर बस्न सक्ने अवस्था नभएपछि घर फर्किएँ, वडाध्यक्षले भन्नु भयो। ‘मार्दिन्छु, कुट्दिन्छु, हान्दिन्छु जस्ता धम्कीहरू आइरहेका छन् । यस्तै धम्कीका कारण म कार्यालयमा नियमित बस्न सकेको छैन ।धम्की दिनेहरू बाहिरी नभएर स्थानीय व्यक्तिहरू नै रहेको उहाँको भनाइ छ ।

 

वडाध्यक्षका अनुसार, केही स्थानीयले दशैँ खर्चको निहुँमा धम्क्याउने गरेका छन् । साथै, केही समूहले झन्डी मुकुट र तासजस्ता जुवा खेलाउन पाउनुपर्ने वा त्यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने जस्ता अनावश्यक विषय उठाएर निहुँ खोज्ने र झगडा गर्ने गरेको उहाँले बताउनु भयो । ‘कोही रक्सी खाएर आउँछन्, कसैलाई दशैँ खर्च चाहियो भन्छन्। यिनै निहुँमा झगडा हुन्छ ।’

 

जनप्रतिनिधिको हैसियतले यस्ता गैरकानुनी क्रियाकलापलाई न त सञ्चालन गर्न अनुमति दिन सक्ने, न त एक्लै रोक्न सक्ने अवस्थामा रहेको बताउँदै उहाँले यिनै विषयलाई लिएर आफूमाथि आक्रमणको प्रयास भइरहेको बताउनु भयो । ‘आगो लाइदिन्छु, मार्दिन्छु, हान्दिन्छु भन्ने धम्की आउँछ । वडामा शान्ति सुरक्षाको अवस्था कमजोर छ, प्रहरी बाहिर आउन सकेको छैन । यस्तो अवस्थामा कसरी काम गर्नु ?’ उहाँले प्रश्न गर्नु भयो।

 

आन्दोलनका क्रममा विराटनगरका १३ वटा वडा कार्यालयमा क्षति पुगेको थियो, जसमध्ये केहीमा आगजनी नै गरिएको थियो ।
यद्यपि, वडाध्यक्षले यस्तो परिस्थितिमा पनि वडाको सेवा प्रवाह भने नरोकिएको दाबी गर्नु भयो। आफ्नो वडामा धेरै भौतिक क्षति नभएकाले भदौ २५ गतेदेखि नै सेवाहरू निरन्तर दिइरहेको उहाँले जानकारी दिनु भयो । मैले सबै सेवा दिइरहेको छु,‘उहाँले भन्नु भयोे, ‘अन्य क्षति भएका वडा, जस्तै १९ नम्बर वडाका ज्येष्ठ नागरिकको सेवा पनि मेरै वडाबाट उपलब्ध गराएको छु । आवश्यक सिफारिसहरू सबै यहीँबाट भइरहेका छन् ।’

तर, निरन्तर काम गर्दागर्दै पनि स्थानीयबाटै असुरक्षित हुनुपरेकोमा उहाँले दुःख व्यक्त गर्नु भयो । ‘मान्छेहरू काम भएन भन्छन्, तर हामीलाई कार्यालयमा बस्ने अवस्था नै छैन,उहाँले भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले