सुनसरी, ८ असोज । सुनसरी हरिनगरमा सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–६, घुस्की अर्नामाकी ४५ वर्षीया गुल्सन खातुनको घर नजिकैको सुनसरी खोलामा डुबेर मृत्यु भएको छ।
खातुनको खोलापारी रहेको खेतमा काम गर्न जाने क्रममा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिनगराले बताएको छ । घटनास्थलमा प्रहरी निरीक्षक दिनेश अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल सुनसरी ईनरुवा शव पोस्टमार्टमका लागि लगेको थियो ।
बुधबार बिहान पोस्टमार्टम पश्चात मृतकको छोरा नसाद आलमले बुझी लगेको प्रहरी निरीक्षक दिनेश अधिकारीले बताँउनु भयो ।









