दमक, ९ भदौ / झापामा हात्तीको आक्रमणमा परी एक यूवाको ज्यान गएको छ । बिर्तामोड नगरपालिका–७ खालबाडीमा बस्ने २७ वर्षीय सहिल मो. मियाको जंगली हात्तीको आक्रमणका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए राती आक्रमणका क्रममा हात्तीले किच्दा मृतक मियाको आन्द्रा बाहिर निस्किएको अवस्थामा मृत फेला परेका थिए।
घटना भएको देख्ने वित्तिकै स्थानीयबासीले प्रहरीलाई खवर गरेका थीए ।
घटना स्थलमा प्रहरी पुग्दा मृतकको अवस्था विभत्स रहेको थियो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई आज बिहान करिब साढे ८ बजे पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।










