मधेस केन्द्रित दलद्धारा रुपान्तरण होइन एकताको बहस चलाउन थाल्यो

काठमाडौँ,९ असोज । जेनजी आन्दोलन पछि प्रमुख दलहरुमा नेतृत्व हस्तान्तरण र पार्टी पुर्न संरचनाको बहस चलिरहेको बेला मधेस केन्द्रित दलहरुमा भने एकताको चर्चा सुरु हुन थालेको छ ।

 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एकताका लागि आन्तरिक छलफल सुरु गरेका हुन्। यादव, ठाकुर र महतोबिच पनि यस विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

 

लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्ण मधेस केन्द्रित दलहरुबिच एकताको विकल्प नरहेको जनाँउनु हुन्छ । उहाँका अनुसार यस विषयमा अनौपचारिक छलफल चलेको भएपनि त्यसले मूर्तरुप भने छठ पछि पाउन सक्ने छ ।

‘जेनजी पुस्ताको आन्दोलनले हरेक राजनीतिक दललाई जरैदेखि हल्लाइदि रहेको छ । पार्टीहरु नयाँ स्वरुपमा नगए कुनै दलको कल्याण हुँदैन,’ उहाँ भन्नु हुन्छ्, ‘पार्टी एकीकरण गरेर नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरेर पुराना नेताहरु अभिभावकको भूमिकामा रहेर दिशानिर्देश गर्नुपर्छ ।‘

 

तत्काल एकता सम्म जान नसकिए मोर्चा कसिलो बनाउनुपर्ने उहाँले बताँउनु भयो । आगामी चुनाव अहिलेका दलहरुका लागि निकै चुनौतीपूर्ण रहेकाले समयमै आफूलाई रुपान्तरण गर्न सके राम्रो हुने उहाँले बताँउनु भयो।

 

जसपा नेपालका महासचिव रामकुमार शर्मा असोज ५ गते बसेको कार्यकारिणी समितिको बैठकले पनि विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग एकता वा कार्यगत एकता गर्ने निर्णय गरेको बताँउनु हुन्छ। त्यसका आधारमा दलहरुसँग अनौपचारिक छलफल सुरु भएको उहाँले स्वीर्कानु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी