नेता कार्यकता लाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिए प्रचण्डको दाबी

काठमाण्डौं,९ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’र्ले दलका नेता कार्यकता लाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गर्नु भएको छ।

 

केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उहाँले यी विषय उल्लेख गर्नु भएको छ।

’जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन,’ उहाँले भन्नु भएको छ,’विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन्।’

 

त्यस्तै उहाँले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा गर्दै फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न सबैपक्ष लाग्नुपर्ने पनि बताँउनु भएको छ।

दाहालले पार्टी एकताका विषयमा पार्टीले ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भएको छ।

 

’यसक्रममा विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ ऐतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नु भयो।

उहाँले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि बताँउनु भयो।
’यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौं’ उहाँले भन्नु भयो,’क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रा सामु रहेको छ।’

समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने उहाँले बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी