धनुषामा ३ जना किशोर सवार मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु , एक किशोर गम्भीर घाइते

जनकपुरधाम,१० असोज। धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

गएराति कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु हुनुको साथै दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन्।

दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको थियो।
कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन्। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइयो

काठमाडौं,२१ साउन । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

काठमाडौं,२१ साउन । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ

आगामी चुनाव नेपालका लागि पासो होः दुर्गा प्रसाईं

काठमाडौं,२१ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि

श्रद्धाञ्जली सभामा रास्वपा सांसदको राजनीतिक भाषणपछि विवाद

सिरहा,२१ साउन । सुनसरीको देवानगञ्ज र त्यसपछि सिरहाको गोलबजारमा भएको घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको सम्झनामा बिहीबार गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित

‘स्टार्टअप समिट नेपाल–२०२६’ राष्ट्रिय अभियान सुरु

काठमाडौं,२१ साउन । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।

धर्मका नाममा विवाद र हिंसा स्वीकार्य छैन : अध्यक्ष अली

काठमाडौं,२१ साउन । मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदाय नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सबै क्षेत्रमा पछाडि परेको तथ्याङ्कले देखाएको भन्दै त्यसमा