असोज महिनाभित्र सहकारी दर्ता प्रक्रिया अनलाइन प्रणालीमार्फत सुरु हुने

काठमाडौँ,१० असोज । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको जनाएको छ । उक्त सफ्टवेयर मार्फत नै असोज महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने जनाइएको छ।

 

सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भई लन्च गर्ने तयारी भइरहेको पनि प्राधिकरणले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने काम प्राधिकरणले गर्ने जनाएको छ ।

 

उहाँले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि बताउनु भयो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालन सम्बन्धमा जारी गरेको नियामकीय मापदण्ड, २०८२ लागू भई कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरिएको उहाँले जानकारी दिनु भयो।

 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन जारी भई कार्यान्वयनको चरणमा रहेको पौडेलले जानकारी दिनु भयो ।

असोज महिनादेखि ऐनको व्यवस्था अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी, सङ्घ संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण सुरु गरिनुका साथै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराइ रुजु पश्चात् प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी